वाइडबडी प्रकरण प्रधानमन्त्रीले लुकाउन खोजे………..

काठमाडाैं – नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले वाइडबडी प्रकरणका दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेका छन्। जीपी कोइराला फाउन्डेसनले काठमाडौंमा गरेको कार्यक्रममा कोइरालाले प्रधानमन्त्री केपी ओलीले वाइडबडी प्रकरणमा भएको अनियमितता लुकाउन खोजेको समेत आरोप लगाए। उनले भने, ‘मन्त्री अधिकारी निर्दोष छन् भनेर प्रधानमन्त्रीले भन्नुभयो। सरकारको प्रमुखले निर्दोष ठहरियाएपछि दोषी पनि त देखाउनुप-र्यो नि।’ अर्थ र गृहमन्त्रालयको अधिकार आफैंले लिएर सर्वसत्तावाद लाद्न खोजेको आरोप कोइरालाले लगाए। सरकारले राष्ट्रपतिलाई क्रियाशील बनाएर संविधानविपरीत हिँडेको आरोप लगाउँदै भने, ‘राष्ट्रपतिलाई घरी क्लाइमेन्ट चेन्जको कार्यक्रममा पठाउने, घरी चाइना पठाउने, राष्ट्रपतिलाई क्रियाशील बनाएको देखियो, हामीले राष्ट्रपतिलाई सेरेमोनियल बनाउने सम्झौता गरेका हौं।’ पार्टीभित्रको विवादबारे असन्तुष्टि व्यक्त गरेका कोइरालाले आफ्नो इतिहास आफैं मेटाउने दिशामा कांग्रेस हिँडेको भन्दै चिन्ता गरे। उनले भने, ‘नेपाली कांग्रेसको महासमितिमा प्रस्तुत कुनै दस्तावेजमा गिरिजाबाबुले संसद् पुनस्र्थापना गरेको कुरा कही उल्लेख छैन, यसले आफ्नो इतिहास आफैं मेट्न खोजेको पुष्टि गर्छ।’ १४ औं महाधिवेशबाट पार्टीभत्रिको विवाद पनि समाधान हुने डा. कोइरालाले विश्वास व्यक्त गरे। त्यस्तै नेत्री सुजता कोइरालाले पार्टीभित्र विवाद गर्नुको कुनै तुक नरहेको बताइन्। एउटै एजेन्डा लिएर अघि बढेका नेताहरू एक हुनुको विकल्प नरहेको बताइन्। यस्तै गगन थापाले कम्युनिस्ट सरकारले संघीयता नचाहेको आरोप लगाए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार