संखुवासभा समाज हङकङको २३ औं वार्षिकोत्सवमा विभिन्न व्यक्तित्वहरु सम्मानित

  टोपबहादुर याक्खा

१४ अप्रिल, हङकङ– नेपाली नयाँ वर्ष २०७६ को अवसरमा संखुवासभा समाज हङकङद्धारा समाजको ‘२३ औं वार्षिक उत्सव तथा शुभकामना आदनप्रदान कार्यक्रम’ को आयोजना गर्दै हङकङमा अध्ययनरत सेकेण्डरी तथा युनिभर्सिटीका १४ जना संखुवासभाली विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान ग-यो ।
हङकङमा अध्ययनरत संखुवासभाली विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले गतसालबाट शुरु गरिएको उक्त अभियान अन्तर्गत यस पटक ४ जना युनिभर्सिटी लेभलका र १० जना सेकेण्डरी लेभलका गरी १४ जना विद्यार्थीहरुलाई ३ विधामा विभाजन गरी पुरस्कृत गरियो । युनिभर्सिटीका ४ जना विद्यार्थीहरुलाई ११ सय हङकङ डलर, फर्म ४–६ का ४ जना विद्यार्थीहरुलाई १ हजार हङकङ डलर र फर्म १–३ का ६ विद्यार्थीहरुलाई ८ सय हङकङ डलर नगद पुरस्कार सहित ताम्रपत्रद्धारा सम्मान गरिएको थियो ।
विभिन्न विद्यालयमा अध्ययनरत सेकेण्डरी लेभलका १० जना विद्यार्थीहरुलाई प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना लगायत विभिन्न अतिथिहरुबाट सम्मान गरिएको थियो भने युनिभर्सिटीका ४ जना विद्यार्थीहरुलाई पुरस्कार प्रायोजक समाजका सल्लाहकार एवं कुशल व्यावसायी प्रकाश गुरुङ (जे.पी.) द्धारा गम्छा ओढाएर सम्मान गर्नुका साथै नगद पुरस्कार सहित ताम्र–पत्र हस्तान्तरण गरिएको थियो ।
समाजका अध्यक्ष टोपबहादुर याक्खा, कार्यक्रमका प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना लगायत विभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधि तथा समाजका सल्लाहकारहरुद्धारा एकसाथ पटेका पड्काएर उद्धघाटन गरिएको औपचारिक कार्यक्रममा समाजको मुख–पत्र “हाम्रो संखुवासभा” वर्ष–१३, अंक–१२ समेत सार्वजनिक गरिएको थियो ।
समाजका सल्लाहकार प्रेम कुमार कोरङ्गीद्धारा श्वागत मन्तव्य राखिएको उक्त कार्यक्रममा प्रमुख अतिथि टंक राना, विशेष अतिथिहरु जिल्लाबासी एस.एस.पी. सन्दिप भण्डारी, संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषदका संयोजक गणेश राना, किरात याक्थुम चुम्लुङ हङकङकी अध्यक्ष असली वनेम लिम्बु, पान्थर मञ्च हङकङका अध्यक्ष हर्क राना, समाजका सल्लाहकारहरु उपेन्द्र कोरङ्गी, लालबहादुर गुरुङ र प्रकाश गुरुङ (जे.पी.) द्धारा नेपाली नयाँ वर्ष २०७६ तथा समाजको २३ औं वार्षिक उत्सवको अवसरमा शुभकामना मन्तब्य राखेका थिए ।
समाजका सह–सचिव सुरज शाक्यद्धारा संचालन गरिएको पहिलो चरणको औपचारिक कार्यक्रमकै क्रममा तालिमका क्रममा हङकङ आइपुगेका नेपाल प्रहरी सेवाको एस.एस.पी. पदमा कार्यरत जिल्लाबासी सन्दिप भण्डारीलाई समाजको तर्फबाट सम्मान गर्दै सम्मानपत्र हस्तान्तरण गरिएको थियो भने समाजका नयाँ आजीवन सदस्यहरु चन्द्र शोभा देवान, याम प्रसाद देवान, कुमारी याक्खा, सुमन राई (सोम्याहाङ), लिला देवान राई, फुल माया जिमी र चिना वानेमलाई खदा लगाएर सम्मान गर्दै प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
प्रतिकुल मौषमका वापजुद जिल्लाबासीहरुको बाकुलो उपस्थिति रहेको उक्त कार्यक्रम बेलुकी ८ बजेसम्म एकल तथा सामुहिक नाँच गान गरेर सम्पन्न भएको थियो । कार्यक्रममा बि.बि.क्यू., सेल रोटी, आलुदाम लगायत विभिन्न नेपाली परिकारहरुको समेत व्यावस्था रहेको थियो ।
त्यस्तै गरी नेपाली नयाँ वर्षकै अवसरमा पान्थर मञ्च हङकङ र सुदुर पूर्वी प्रवासी नेपाली संघले समेत मंकिहिलमै संस्थाको वार्षिक कार्यक्रमसंगै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो ।

पान्थर मञ्च हङकङद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार