हङकङमा चलचित्र ‘दयारानी’ प्रदर्शन हुँदै

  टोपबहादुर याक्खा

२० अप्रिल, हङकङ–  नेपालको दुर्गम क्षेत्रमा रहेका गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ हङकङमा नेपाली कथानक चलचित्र ‘दयारानी’ प्रदर्शन हुने भएको छ ।
बगैंचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आयोजित जानकारी सभामा प्रेस संयोजक मुककाजी गुरुङले बताए अनुसार ३० जुन २०१९ आइतबार युनलङ थिएटरमा प्रदर्शन हुने उक्त कार्यक्रमका लागि चलचित्रकका अभिनेता सुपरस्टार दयाहाङ राई, नायिका दिया पुन, निर्देशक माओत्से गुरुङ, कलाकार डी.बी. गुरुङ र गायक राजनराज शिवाकोटी हङकङ आउँनेछन् ।
दयाहाङ राई र दिया पुनको मुख्य भूमिका रहेको चलचित्रमा बिजय बलार प्रमिस गुरुङ, श्रीषा कुँवर, पुस्कर गुरुङ, नयन गुरुङ लगायतको अभिनय रहेको छ । माओत्से गुरुङको निर्देशन रहेको दयारानीमा राजनराज शिवाकोटी र बिनोद बरालले संगीत भरेका छन् ।
चलचित्रलाई रामबाबु गुरुङ, अपिल विष्ट, मोहन गुरुङ (हङकङ), किरण गुरुङ, केन्द्र लिम्बु र न्यु एडभेन्चर (जापान) ले निर्माण गरेका हुन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार