रिज बिओण्ड प्रिभेन्शनद्धारा लागू पदार्थ दुर्ब्यासनी बिरुद्ध सेमिनर गर्यो

  टोपबहादुर याक्खा

२० अप्रिल, हङकङ– हङकङबासी नेपाली समुदायमा जटिल समस्याका रुपमा रहँदै आएको लागु पदार्थ दुब्र्यासनीका बिरुद्ध गत १ जुलाईबाट काम गर्दै आइरहेको ‘रिज बिओण्ड प्रिभेन्शन’ द्धारा ‘लागू पदार्थ दुव्र्यसन नगरौं, अकाल मृत्युबाट बचौं’ भन्ने नाराका साथ नार्कोनन नेपालका कार्यकारी निर्देशक तथा नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक वसन्त राज कुँवरको प्रमुख आतिथ्यतामा लागू पदार्थ दुर्व्यासनी विरुद्ध सेमिनर सम्पन्न गर्यो ।
हङकङ नेपाली महासंघ, एन.एर.एन.ए. हङकङ लगायत विभिन्न संघसंस्थाका अध्यक्ष, प्रतिनिधी एवं दुर्व्यसनीबारे जानकारी लिन उत्सुक नेपालीहरुको बाकुलो उपस्थितिबीच याउ मा तेई कम्युनिटी हलमा आयोजित उक्त कार्यक्रममा नार्कोन नेपालका कार्यकारी निर्देशक वसन्त राज कुँवरले लागू पदार्थ के हो ? लागू पदार्थ दुव्र्यसन के हो र कसरी दुव्र्यसनी बन्दछन ? लागू पदार्थ दुव्र्यसनको कुलतमा फस्न र फसेकालाई कसरी बचाउँन सकिन्छ ? लगायतका दुव्र्यसनी सम्बन्धि दर्जनौं विषय वस्तुहरु माथि जानकारी एवं प्रशिक्षण दिएका थिए ।
शितोरियो कराते डो गोर्खा कम्युनिटी हङकङ र हङकङ एकिकृत नेपाली समाज (हिन्स) को संयुक्त पहलमा ल्याइएको उक्त परियोजनाका प्रमुख शितोरियो कराते डो गोर्खा कम्युनिटी हङकङका अध्यक्ष हेम पुन मगर रहेका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार