सी.एस.टी.एन.ले नेपाली नयाँ वर्ष २०७६ मनायो

  टोपबहादुर याक्खा

२८ अप्रिल, हङकङ– हङकङ नेपाली महासंघद्धारा संचालित तथा गृह मामिला विभागद्धारा प्रायोजित नेपाली समुदायको लागि सामुदायिक सेवा समुह (सी.एस.टी.एन.) द्धारा एक आपसमा शुभकामना आदानप्रदान, गीत संगीत तथा नृत्य प्रस्तुत गर्दै नेपाली नयाँ वर्ष २०७६ मनायो ।
याउ मा तेई कम्यूनिटी हलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि हङकङ नेपाली महासंघ तथा सी.एस.टी.न. प्रोजेक्टका सल्लाहकार हेम लिम्बु, प्रोजेक्ट प्रमुख रिता गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, एन.आर.एन.ए.का अध्यक्ष टिका गुरुङ, सी.एस.टी.एन.का सल्लाहकारहरु तथा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुद्धारा बेलुन तथा पटेका पडकाएर कार्यक्रमको उद्धघाटन गरिएसंगै नेपाली नयाँ वर्ष २०७६ को अवसरमा अतिथिहरुद्धारा शुभकामना मन्तब्य राखिएको थियो ।
गायक तथा संगीतकार गणेश पराजुली र गायिका रोशा लिम्बुले जय जय नेपाल…, विरताको चिनो…, म त नेपाली छोरी.. लगायत आधा दर्जन गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई नचाएका थिए भने सी.एस.टी.एन. प्रोजेक्ट मार्फत नै नृत्य सिकिरहेका स–साना बालबालिकाहरुले सुन्दर नृत्य प्रस्तत गरेका थिए । कार्यक्रमलाई लक्कि ड्रले थप आकार्षक तुल्याएको थियो ।
हङकङ नेपाली महासंघले २०१६ बाट सी.एस.टी.एन. प्रेजेक्ट मार्फत नेपाली समुदायका निम्ति निःशुल्क नृत्य, चित्रकला, आधारभूत नेपाली भाषा, तेक्वान्दो, विभिन्न शिपमूलक तालिम तथा पारिवारीक भ्रमणहरु समेत गराउँदै आएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार