किरात याक्खा छुम्माको हाइकिङ सम्पन्न

  टोपबहादुर याक्खा

१ मे, हङकङ–  ‘हाइक फर हेल्थ’ स्लोगानका साथ किरात याक्खा छुम्मा हङकङद्धारा आयोजित छुम्माको वार्षिक हाइकिङ कार्यक्रम–२०१९ सम्पन्न गर्यो ।
चुनवान स्थित सिङमुन रिजर्भर परिक्रमा गरिएको उक्त कार्यक्रममा हङकङबासी याक्खा दाजुभाइ तथा दिदी बहिनीहरुको अलवा अन्य अतिथिहरुको समेत बाकुलो उपस्थिति रहेको थियो । स्टार्टिङ पइन्टमा छुम्माको लोगो अंकित टिसर्ट वितरण गरेर शुरु भएको हाइकिङमा रुटको बीच भागमा छुम्माका अध्यक्ष पूर्ण प्रसाद देवानबाट धन्यवाद मन्त्यव्य राखेसंगै खानपान, फोटो सेशन तथा नाँचगान गरेर मनोरञ्जन समेत लिइएको थियो ।
याक्खा छुम्माद्धारा विगत ४ वर्षयता हङकङको विभिन्न रुटहरुमा च्यारिटी हाइकिङ गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार