मानवलाई विधुतीय सामानको प्रभाव र सहभागितामूलक ढाचा प्रो.लाउरा गोन्गालेज र विभुषणा पौडेल

 २ असार ललितपुर

मानवलाई विधुतीय सामानको प्रभाव र सहभागितामूलक ढाचा “Critical Digital Humanities and Participatory Design”  मा बहस हिजो असार १ गते लिम्बुवान अध्ययन केन्द्रले आयोजना मा अ्ध्यययन केन्द्र कै कार्यलय चुम्लुङ हिममा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा The University of Texas at EL Paso Texas USA को प्रो.लाउरा गोन्गालेज र विभुषणा पौडेल (पिएचडी सोधकर्ता) को प्रस्तुती रहेको थियो ।

कार्यक्रममा प्रो.गोन्गालेजले Critical Digital Humanities विषयको अवधारण परिचित गराउँदै जसबाट मानवता निर्दिष्ट, अध्ययन विधीहरु तथा तरिकाद्वारा गरिएको विश्लेषण र डिजिटल पूर्वाधारको निर्माण सम्बन्धमा जानकारी दिनुभयो । उहाँले प्रयोगमैत्री र सरल पहुँच जस्ता विचारणीय सवालहरु ‘प्रविधी र उपकरणहरु’ विकास गर्ने समयमा नै विशेष ध्यान दिनु पर्ने तर्क पेश गर्नुभयो ।

त्यसैगरी अर्का प्रस्तोतकर्ता पौडेलले उच्च शिक्षाको लागि अरु देश जाँदा त्यहाँको मान्छेहरुले नेपालको बारेमा सागुरो दृष्टिले हेरेको तितो अनुभव सुनाउँदै यसको मुख्य कारण हाम्रो सहभागीता अन्तराष्टित्रय मिडियामा नपुगेकोले यस्तो भएको बताउँनुभयो । उहाँले सहभागितामूलक ढंगले तर्जुमा गरिने सम्भावित परियोजना ‘डिजीटल (पुन) निर्माणमा दक्षिण पूर्व एशियाको प्रतिनीधित्व’ को बारेमो संक्षिप्त जानकारी गराउँनु भयो । उक्त परियोजनाको कार्यक्रममा तयारीको लागि सुझाव, विचार र संलग्नताको अपिल गर्नुभयो । यस अन्तरकृयामा उपस्थित व्यत्तिहरुले पनि यस्तो राम्रो काममा सहभागीताका साथ सहयोग गर्ने प्रतिवद्वता दिनुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार