देशभर बन्दको आशिंक प्रभाव………

काठमाडौं – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर आशिंक परेको छ। बिहानैदेखि आशिंक रुपमा सवारी साधन चलेका छन् भने केही संख्यामा मात्रै शिक्षण संस्था खुलेका छन्।उपत्यकाका विभिन्न रुटमा चल्ने सवारी केही मात्रामा मात्रै चलेका छन्। लामो दुरीका सवारी साधन नचले पनि छोटो दुरीका सवारी भने आशिंक रुपमा चलेको हाम्रा जिल्ला संवादाताहरुले जनाएका छन्। पश्चिममा महेन्द्रनगर र धनगढीबाट छुट्ने लामो दुरीका सवारी साधन छुटेका छैनन। नेपालगञ्ज र बुटवलमा पनि आशिंक रुपमा सवारी साधान चलेका छन्। देशभरको सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीले जनाएको छ। ठाउँठाउँमा हतियारसहितका प्रहरी परिचालन गरिएको छ। उपत्यका बाहिर पनि बन्दको प्रभाव आशिंक परेको बन्दको पूर्व सन्ध्यामा बिहानै देशका केही ठाउँमा शंकास्पद बस्तु फेला परेका छन्। मंगलबार बिहानै बनेपा रातो पुल नजिकै विस्फोटको आवाज आएको स्थानीयले बताएका छन्। बिहानै तीन् बजेतिर विस्फोटको ठूलो आवाज आएको स्थानीयको भनाइ छ। प्रहरीले भने विस्फोटको पुष्टि गरेको छैन। त्यस्तै पनौती ७ स्थित ढुंखर्क बस स्टपमा र खोपासी मार्गको रोशी खोला पुलमा राखेको २ वटा प्रेसर कूकर बमलाई नेपाली सेनाको धुलिखेलस्थित विष्णुदल गणबाट खटिएको टोलीले डिस्पोज गरेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार