एसईईको परीक्षाफल सार्वजनिक, कतिले कुन ग्रेड ल्याए ?………

काठमाडौं– २०७५ सालको एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत १७ हजार पाँच सय ८० जनाले ए प्लस ग्रेड ल्याएका छन्। सामुदायिकतर्फ २ हजार सात सय ९२ जनाले ए प्लस ल्याएका छन् भने प्राइभेटतर्फ १४ हजार सात सय ८८ जनाले ए प्लस ग्रेड ल्याएका छन्। परिक्षामा सहभागी मध्ये ५१ हजार एक सय ३७ जनाले ए ग्रेड ल्याएका छन्। जस अनुसार ११ हजार दुई सय २३ जना सामुदायिकतर्फका छन् भने ३९ हजार ९ सय १४ जनाले प्राइभेटबाट ए ग्रेड ल्याएको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ। त्यस्तै ६३ हजार हजार सात सय ४१ जनाले बि प्लस ग्रेड ल्याएका छन्। जसमध्ये २६ हजार तीन सय ६६ जना सामुदायिक र ३७ हजार तीन सय ७५ जनाले प्राइभेटबाट बि प्लस ग्रेड ल्याएका छन्। एसईईमा ७६ हजार पाँच सय ६४ जनाले बि ग्रेड ल्याएका छन्। सामुदायिकबाट ५३ हजार ७ सय ३० जना रहेका छन् भने प्राइभेटबाट २२ हजार आठ सय ३४ जनाले बि ग्रेड ल्याएका छन्। त्यसैगरि ९८ हजार दुई सय ७ जनाले सी प्लस ल्याएका छन्। जसमध्ये ८७ हजार चार सय ४२ जनाले सामुदायिकबाट ल्याएका छन् भने १० हजार सात सय ६५ जनाले प्राइभेटबाट सी प्लस ग्रेड ल्याएका छन्। ९५ हजार तीन सय ७ जनाले सी ग्रेड ल्याएका छन्। सामुदायिकबाट ९० हजार चार ४५ र प्राइभेटबाट ४ हजार आठ सय ६२ जनाले सी ग्रेड ल्याएका छन्। ४३ हजार आठ सय ४१ जनाले डि प्लस ल्याएकामध्ये सामुदायिकबाट ४२ हजार तीन सय ६३ जना र प्राइभेटबाट एक हजार चार सय ७८ जनाले डि प्लस ग्रेड ल्याएको कार्यालयले जनाएको छ। त्यस्तै चार हजार चार सय २९ जनाले डि ग्रेड ल्याएका छन्। जसअनुसार सामुदायिकबाट चार हजार दुई सय ९६ र एक सय ३३ जनाले प्राइभेटबाट डि ग्रेड ल्याएका छन्। २०७५ चैत्र १० गतेबाट परीक्षा सुरु भएको एसईई परीक्षामा कुल चार लाख ६७ हजार सात जना ४४ विद्यार्थी सहभागि भएका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार