सरकार आलोपालोको विषय सचिवालयले जान्दैन……….

सिन्धुली – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री आलोपालो चलाउने भन्ने कुरा नेकपाको सचिवालयले औपचारिक ढंगमा नजानेको बताएका छन्। स्व. मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा नेकपा जिल्ला कमिटी सिन्धुलीले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले भद्र सहमति भएको भन्दै अभद्र तरिकाले चर्चा भएको बताए। ढुक्क हुनुस् सरकार पाँच वर्ष सरकार टिक्छ,’ उनले भने, ‘कसको कति समय भन्ने कुरा वास्ता नगर्नुस्, जरुरी पर्दा पार्टी कमिटीले जस्तो पनि निर्णय लिन सक्छ। प्रधानमन्त्री परिवर्तन हुने कुराको समाचारले मन अमीलो नबनाउन नेता कार्यकर्तालाई उनले सुझाव दिए। ‘पार्टी एकता कार्यकर्ता, जनताको चाहना र राष्ट्रिय आवश्यकताअनुसार भएको हो,’ मन्त्री पोखरेलले भने, ‘पार्टी एकता भएपछि विचारहरुलाई व्यवस्थित गर्न जरुरी देखिन्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार