संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान……….

काठमाडौं – संखुवासभामा सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोली र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको छ। जिल्लाको सिलिचोङ गाउँपालिका १ ह्वाङलामा सोमबार बिहान साढे ९ बजेतिर दुबैपक्षबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी मिमबहादुर लामाले पुष्टि गरे। गोली हानाहानबाट कुनै क्षति भए नभएको बारे भने कुनै जानकारी आइनसकेको उनले बताए। बिहान ९ बजेतिर शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्तीमा रहेको १९ जनाको प्रहरी टोलीमाथि विप्लवका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले जवाफी फाइरिङ गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए। उनले भने, ‘विप्लव कार्यकर्तासँग दोहोरो भिडन्त भएको प्रहरीको टोलीले जानकारी दिएको थियो। तर त्यसपछि उक्त टोलीसँग कुनै सम्पर्क भएको छैन। क्षतिको विवरण पनि केही आएको छैन।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार