साम्पाङ साँझमा कुलेन्द्रले नचाए, एलिशा नाँचिन र मनोजले हसाँए

  टोपबहादुर याक्खा

१ जुलाई, हङकङ– ‘साम्पाङ साँझ–२०१९’ मा ‘सालको पात टपरी…’ का गायक कलेन्द्र वि.क.ले नचाए, मोडल तथा डान्सर एलिशा राई नाँचिन भने हाँस्य विधाका वादसाह मनोज गजुरेलले पेट मिचुन्जेल हसाँए ।
हालको चर्चित गीत ‘सालको पात टपरी…’ संगै कुलेन्द्रले झण्डै आधा दर्जन लोकभाकाहरु गाएर दर्शकलाई नचाएका थिए भने नेपालबाटै आएका अन्य कलाकारहरु राकेश किराती, कुसल थलङ र आस्था राउतले समेत आफ्ना चर्चित तथा नयाँ गीतहरु गाएर उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।
चतुर मुसा र विरालो बीचको व्यङ्गात्मक कथा संगै डोनाल्ड ट्रम्पको क्यारिकेचर गरेर हाँस्य कलाकार मनोज गजुरेलले पेट मिचुन्जेल हसाँएका थिए भने चर्चित मोडल तथा डान्सर एलिसा राईको प्रस्तुती समेत बेजोड रहेको थियो ।
जुम्लेखाका अध्यक्ष तेज कुमार राई, प्रमुख अतिथि यायोक्खाका अध्यक्ष हरि साम्पाङ राई, मुख्य प्रायोजक, प्रायोजक लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुद्धारा बेलुन फुटाएर औपचारिक कार्यक्रमको उद्धघाटन गरिएसंगै स्थानिय डान्सर  रेश्मा साम्पाङ तथा ग्रुपको देश प्रेमको भावले ओतप्रोत नृत्यबाट कार्यक्रमको शुरुवात भएको थियो ।
किरात राई यायोक्खा हङकङको भाषिक संस्था किरात साम्पाङ राई जुम्लेखा हङकङद्धारा किरात राई सुप्तुलुङ खिम हङकङ भी.आई.पी.शयन कक्ष निर्माणको लागि आयोजित उक्त साँझका लागि अतिथि कलाकारका रुपमा अभिनेता दयाहाङ राई सहित आधा दर्जन कलाकारहरु हङकङ आएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार