महासंघको २० औं वार्षिकोत्सवमा विभिन्न व्यक्ति सम्मानित

  टोपबहादुर याक्खा

३० जुन, हङकङ– हङकङमा रहेर वर्षभरि उत्कृष्ट कार्य गर्ने दुई दर्जन विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गर्दै हङकङ नेपाली महासंघको २० औं वार्षिक उत्सव याउ तेई कम्यूनिटी हलमा सम्पन्न भयो ।
महासंघका अध्यक्ष टंक रानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि ‘राते काइला’ उपनामले समेत परिचित अभिनेता सुनिल थापा रहेका थिए ।
अभिनेता सुनिल थापाद्धारा अभिनित नेपाली तथा बलिउड चलचित्रका क्लिपहरु देखाएसंगै बेलुन फुटाएर उद्धघाटन गरिएको कार्यक्रममा चेम्बर्स अफ कमर्सका अध्यक्ष डासुराम पराजुली, नेपाल आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष किसन राई, एन.आर.एन.ए.हङकङका निवर्तमान अध्यक्ष ललित सुब्बा, महासंघका सल्लाहकारहरु हेजेन राई, हर्क राना, हेम लिम्बु, कुल प्रसाद गुरुङ, हाँस्य कलाकार मनोज गजुरेल, लोक गायक कुलेन्द्र वि.क. लगायत महासंघमा आवद्ध विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधी एवं सामाजिक व्यक्तित्वहरु अतिथिका रुपमा रहेका थिए ।
औपचारिक कार्यक्रमको उद्धघाटन संगै महासंघका सल्लाहकार हेजेन राईले महासंघको महत्व र यसले नेपाली समुदायमा खेलेका महत्वपूर्ण भूमिकाहरु माथि बोलेका थिए । त्यस लगत्तै हङकङमा रहेर वर्ष भरि समाज सेवा, शिक्षा, श्वास्थ्य, साहित्य, व्यावसाय, कलाकारिता, पत्रकारिता लगायत विभिन्न विधामा महत्वपूर्ण योगदान दिने व्यक्ति तथा संघ संस्थाहरुलाई महासंघद्धारा सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुने व्यक्ति तथा संघ संस्थाहरुमा सामाजिक सेवा तर्फ मैनबहादुर थापा, श्वास्थ्य तर्फ शोभा राई, शिक्षा तर्फ सन्जि गुरुङ, गोविन राना र सुप्रिया क्षेत्री, पेशा व्यावसाय तर्फ कङ्गन रेष्टुरेण्टका प्रोपाइटर कमल प्रसाद पौड्याल, साहित्यमा दाजु गुरुङ, खेलकुद तर्फ प्रविन ‘रोविन’ विश्वकर्मा, जय नारायण चौधरी र याम बहादुर गुरुङ, पत्रकारिता तर्फ नेपालखबरका मगेन्द्र राई, कला तर्फ नायक तथा निर्देशक सुवास गुरुङ, गीत संगीत तर्फ गायक सक्तिम योङया र गीतकार गिता पालङुवा, नृत्य तर्फ एलिजा गुरुङ, आकृति गुरुङ, श्रेया गुरुङ, पद्मा गुरुङ र स्मृति गुरुङ, संस्थाका सक्रिय सदस्य तर्फ तेह्रथुम मञ्चका अध्यक्ष देवेन्द्र खापुङ र महासंघका सक्रिय सल्लाहकारमा कुल प्रसाद गुरुङ रहेका छन् ।
त्यस्तै गरी एन.आर.एन.ए., आदिवासी जनजाती महासंघ, च्याम्बर अफ कमर्स लगायत महासंघमा आवद्ध विभिन्न ३३ वटा संघसंस्थाहरुलाई समेत सम्मानपत्र प्रदान गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार