८६ औं साहित्य श्रृंखलामा दिपेन्द्रको युद्धचित्र

  टोपबहादुर याक्खा

३० जुन, हङकङ– चित्रकार तथा साहित्यकार दिपेन्द्र राईको युद्धचित्र बारे बहस संगै कृति सार्वजनिक, सृजना वाचन तथा समीक्षा गर्दै ८६ औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो ।
साहित्य श्रृंखलाका संयोजक डी.बी. पालुङवाको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार ताराबहादुर बुढाथोकीको ‘काँडे भ्याकुरको शुभविवाह’ लोक कथा संग्रह तथा सुन्दर गुरुङको ‘समय आए पछि’ गजल संग्रह सार्वजनिक गरिएको थियो ।
श्रृंखलाकी सह–संयोजक सुनिता गिरीद्धारा संचालन गरिएको कार्यक्रममा चित्रकार तथा साहित्यकार दिपेन्द्र राईद्धारा चित्रित जापानी र अमेरिकन सैनिकको चित्र माथि बहस गरिएको थियो । एकातर्फ जापानी सैनिकले पुस्तक र अर्को तर्फ अमेरिकन सैनिकले पेस्तोल समाइरहेको उक्त अदभूत चित्र माथि बोल्दै राईले लडाईको समयको ह्दय विदारक सत्य घटना समेत सुनाएका थिए ।
साहित्यकारहरु डोम राना, दाजु गुरुङ, चन्द्र मादेन पूर्णिमा शाह लगायतले आफ्ना सृजनाहरु वाचन गरेका थिए भने गायिका मन्जु थापाको गायन कलाले कार्यक्रमलाई थप मनोरञ्जनात्मक तुल्याएको थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ८ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा गर्दै आइरहेको श्रृंखलाले वार्षिक उत्सव कार्यक्रमको अवसरमा कृति प्रकाशन तथा साहित्यिक स्रष्टाहरुलाई नगद पुरस्कार सहित सम्मान समेत गर्दै आइरहेको छ ।  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार