युनाइटेड तेक्वान्दो अकाडेमी हङकङले एघारौं वार्षिकोत्सव मनायो

  टोपबहादुर याक्खा

१ जुलाई, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङले “इन्टर ब्रान्च पुम्से तथा स्पिड किकिङ कम्पिटिशन २०१९” को आयोजना गर्दै आफ्नो एघारौं वार्षिक उत्सव मनायो ।
याउ मा तेई कम्युनिटी हलमा आयोजित उक्त कम्पिटिशनमा युनाइटेड क्लबका २० वटा ब्रान्चका ब्लाक बेल्ट तथा कलर बेल्ट गरी २६० स्टुडेण्टहरुले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा वान्चाई हेडक्वाटरले ९ वटा गोल्ड मेडल जित्दै ओभरअल च्याम्पियनको ट्रफी हाता पर्न सफल भयो ।
युनाइटेड तेक्वान्दो अकाडेमी हङकङका प्रेसिडेन्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राई तथा अन्य नेपाली क्लबहरुबाट आएका जजहरु मुन्धुम तेक्वान्दो क्लबका मास्टर राम कुमार लिम्बु, नेफिन्डो क्लबका मास्टर किसन थापा तथा मास्टर तेसी, रोयल इगल क्लबका मास्टर दुर्गा राई र युनिटी क्लबका मास्टर मिलन गुरुङ तथा दिनेश गुरुङ अर्लिन लगायत आयोजक युनाइटेड क्लबका ब्रान्च इन्स्ट्रक्टरहरुद्धारा बेलुन फुटाएर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
विगतका वर्षहरुमा झैं क्लबका स्टुडेण्टहरुमा कन्फिडेण्ट बढाउँदै लैजाने उदेश्यले उक्त कम्पिटिशन आयोजना गरिएको र निकट भविश्यमै स्थानिय चाइनिज तथा नेपाली क्लबहरुलाई समेत आमन्त्रण गरेर इन्टर क्लब पुम्से कम्पिटिशन गर्ने योजना रहेको क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईले बताए ।
बिहानको ९ बजेदेखि साँझ ५ बजेसम्म आयोजित उक्त कम्पिटिशनको समापनसंगै बगैचा रेष्टुरेण्टमा बफेट डिनर सहित स्याम्पेन फोडेर खुसियाली मनाइएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार