लागेको आगो १६ घण्टापछि नियन्त्रण………

वीरगन्ज– वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा रहेको सुशील वनस्पति घ्यु उद्योगमा शनिबार बिहान भीषण आगलागी भएको छ। बिहान करिब साढे दुई बजेदेखि सुरु भएको आगलागी साँझ करिब ७ बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए। उद्योगमा लागेको आगो निभाउन लागि पाँचवटा वारुण यन्त्रको सहयोग लिइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए। आगो निभाउनका लागि वीरगन्ज महानगरपालिका, पोखरीया नगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट वारुणयन्त्र झिकाएर खटाइएको थियो। पाँच वटा बारुणयन्त्र (दमकल)को मद्दतले आगो नियन्त्रणमा आएको हो। बारुणयन्त्रणको सहयोगमा संगै रहेका अग्निनियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी संयुक्त रुपमा खटिएका थिए। अहिले साँझ मात्र आगो नियन्त्रणमा आएको हो, बिहानदेखि अनवरत प्रयासपछि सफलता पाइएको हो’, डिएसपी शर्माले भने, ‘आगो निभाउनका लागि नेपाल प्रहरीक, सशस्त्र प्रहर र नेपाली सेनाका टोलीहरु परिचालन गरिएको थियो। आगो नियनत्रण भएको अनुमान गरिए पनि स्काइभेटर लगाएर खरानी पन्छाएर हेर्ने काम अझै भइरहेको छ।’ आगोबाट कति क्षति भएको हो भन्ने यकिन नभएको शर्माले नागरिकलाई बताए। आइतवार एउटा समिति बनाएर क्षति यकिन गरिने उनले जानकारी दिए। प्रारम्भिक अनुमानमा विद्युत सर्ट सर्किट भएर उद्योगमा आगो लागेको हुन सक्ने आंकलन गरिएको प्रजिअ भटटराईले बताए। आगो उद्योग बाहिरका अन्य उद्योग वा बस्तीसम्म पुग्न नदिन सतर्क रहन आह्वान गरिएको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार