भेडिगोठाले चलचित्र जापानमा प्रदर्शन हुने ।

२३, असार  काठमाडौ ।

गुरुङ समुदायको कला, संस्कृति र जीवनशैलीको वेजोड प्रस्तुती रहेको भेडिगोठाले चलचित्र जापानमा प्रदर्शन हुने भएको छ । गुरुङपन, गुरुङशैली, परम्परामार्फत आम दर्शकलाई अनुपम मनोरञ्जन प्रदान गर्न सफल चलचित्रको माग विभिन्न देशहरुमा भएपछि जापानमा आगामी जुलाई २१ मा प्रदर्शन हुन लागेको कार्यकारी निर्माता दुर्गा गुरुङले जानकारी दिएका छन् ।

गणेश गुरुङको निर्देशनमा बनेको भेडिगोठाले चलचित्र नेपालका विभिन्न शहरहरु काठमाडौं, पोखरा, लम्जुङ, स्याङ्जा, पर्वत, भारतको सिक्किम, कालिङ्पोङ, सिलगडीको साथै अमेरिका, युके, यूएई, कतार, नेदरलेण्डलगायतका ठाउाहरुमा प्रदर्शन भइसकेको छ । गुरुङ समुदायको डायसपोरा वजार निकै नै समृद्ध मानिन्छ ।

अव जापानपछि अस्ट्रेलिया र इजरायलमा प्रदर्शन हुने समेत निर्माता दुर्गा गुरुङले बताए । भेडिगोठाले चलचित्रको सफलतासंगै चलचित्रको प्रदर्शनबाट प्राप्त रकमले गुरुङ समुदायको उत्थानको लागि बनेको सामुदायिक भवन निर्माण, अक्षयकोष निर्माण, असहाय विरामीहरुको उपचारको लागि शतप्रतिशत लगानी गरेका छन् । चलचित्र निर्माणलाई व्यावसायिकतासंग जोड्ने परम्परालाई तोड्दै भेडिगोठाले चलचित्र गुरुङ जातिको लागि समाज सेवाको पर्यायको रुपमा समेत लिन सकिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार