नदीमा बहाव बढेपछि उद्धार टोली तयारी अवस्थामा…………

रौतहट – वर्षाका कारण रौतहटका दुई ठुला नदी र अन्य खोलामा बहाव बढेर बाढी आएपछि उद्धार टोली तयारी अवस्थामा रहेको छ। बर्षाको पानी गाउँ वरिपरि जमेर बस्ती भित्र प्रबेश गर्न लागेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रबक्ता डिएसपी नवीन कार्कीका अनुसार बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा प्रहरी चौकी डुबानमा परिसकेका छन्। पुर्व बागमती र पश्चिम लाल बकैया नदीले घेरिएको सदरमुकाम गौर यतिखेर उच्च जोखिमा रहेकाे छ । सरकारी कार्यालय वरिपरि समेत पानी जमेको छ । निरन्तर पानी परिरहेको कारणले ठूलो बाढी आउने खतरा उत्पन्न भएपछी बिहानैदेखि सदरमुकाम गौरका सर्वसाधारणहरुले दैनिक जीवन यापनका सामाग्री किनिरहेका छन्। स्थानिले बाढी आउने डरले यतिखेर ग्यास, आलु, स्याविन, प्याज, चामल, चिउरा दालमुट लगायतका खाधान्न सामग्री किनेर घरमा भित्रयाइरहेको पाइएको छ । जिल्ला बिपद व्यवस्थापन समिती रौतहटका सयोजक प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाका नदी र खोलामा बाढी आएपछी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत तयारी अवस्थामा राखिएको बताए। जलतथा मौसम बिज्ञान बिभाग, मौसम पुर्वानुमान महाशाखाले २८ गते सम्म वर्षा हुने बताएका छन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार