माया मेट्रो अस्पताल धनगढीमा विस्फोट………..

धनगढी– कैलालीको धनगढीस्थित सहिदगेटमा रहेको एक पसलमा विस्फोट हुँदा पाँच जना घाइते भएका छन्। बिहीबार साँझ निलम नास्ता पसलमा विस्फोट हुँदा सञ्चालकसहित पाँच जना घाइते भएका हुन्। विस्फोट भएको स्थानबाट प्रहरीले एक थान चाइनिज पेस्तोल भेटेको छ। प्रहरी उपरीक्षक सुदिप गिरीका अनुसारका घाइते हुनेहरुमा होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका रामसिं, जिन्तेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरला रहेका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। उनीहरु खाजा खाएर बसेको अवस्थामा विस्फोट भएको एसपी गिरीले बताए। घाइतेहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले सिलिण्डर बम विस्फोट भएको आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार