पूर्वमाओवादीलाई छाड्छु, पूर्वएमालेलाई छाड्दिन……….

वीरगन्ज– नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले स्कूल विभाग पूर्वमाओवादीको भागमा आफुले छाड्ने र पूर्वएमालेको भागमा परे नछाड्ने बताएका छन्। आइतबार वीरगन्जमा प्रेस संगठन पर्साले गरेको पत्रकार सम्मेलनमा नेता भुसालले पूर्वएमालेबाट नेतृत्व गर्नुपर्ने अवस्था आयो भने स्कुल विभागको नेतृत्वमा पहिलो दाबेदार आफु हुने बताएका हुन्। नेता भुसालले भने, ‘तर सहमतिका क्रममा स्कुल विभागको नेतृत्व पूर्वमाओवादीको भागमा परेमा एकताका लागि त्यसलाई मैले स्वीकार गर्नुपर्छ। पार्टीको स्कुल विभागमा ९ औं राष्ट्रिय महाधिवेशनदेखि आफ्नो स्वभाविक दाबी रहेको बताएका छन्। पूर्वएमालेले स्कुल विभाग पाएमा स्वतः त्यसको नेतृत्वको आफु दावेदार भएको बताउँदै उनले यसै निहुँमा एकता अलमलाउन नहुने बताएका छन्।पार्टीका अध्यक्षद्वयले ब्यवस्थापन गर्न नसेकेका कारण स्कुल विभागको नेतृत्व टुङ्गिन नसकेको बताए। पार्टी एकता प्रक्रिया तिब्रता दिन यस्ता विषयमा सामाधनहरु निकाल्दै जानुपर्ने उनले बताए। ‘स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले लिनु हुन्छ भने त्यो सबैभन्दा कमजोर सामधान हो,’ अहिले स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले नै लिने खबर आइरहेको भन्ने जिज्ञासामा उनले भने, ‘त्यस्तो नहुनु पर्ने हो। यदि त्यस्तो भयो भने मँ भन्छु यो सबभन्दा कमजोर सामधान हो, यसबाट स्कुल विभाग चल्दैन अझ सुसुप्त बनाउने काम गर्छ।’ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक नेतृत्वभन्दा अमेरिकी नेतृत्व शैलीमा एकल नेतृत्वमा चलेका कारण पार्टी एकता प्रकृया लम्बिएको र सरकारले ल्याएका विधेयकहरुले विरोध खप्नु परेको उनले बताए। पछिल्लो समयमा भएका छलफलबाट पार्टी अध्यक्ष ओली सामुहिक नेतृत्वको पार्टीको परम्परालाई अपनाएर अगाडी बढ्ने संकेत देखेको भुसालले बताए। पछिल्लो पटक स्कुल विभागलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीभन्दा पनि ठुलो रहेको जस्तै भान पर्ने गरी अथ्र्याउनु अनुचित भएको उनको भनाई छ। पार्टीलाई सामुहिक निर्णयमा अगाडी बढाउनुपर्ने, पार्टीका निर्णय अनुसार सरकार अघि बढ्नु पर्ने र प्रमुख प्रतिपक्षीसहित संसदमा भएका सबै दलहरुसँग सुमधुर सम्बन्ध बनाएर देशलाई अग्रगमन र समाजवादतिर लैजानु पर्ने उनले आवश्यक्ता औंल्याए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार