मलंगवाबाट काठमाडौंको लागि छुटेको बस दुर्घटना…………

धादिङ – बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा बस खसेको खबर प्राप्त भएको छ । उक्त बस सर्लाहीको मलंगवाबाट काठमाडौंको लागि छुटेको थियो ।  ४० जनाभन्दा बढी बोकेको उक्त बस त्रिसुली नदीमा खसेको छ ।   उक्त दुर्घटनमा परि चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको प्रहरीले जनाएको छ । अन्यको खोजी तिब्र रुपमा जारी रहेको छ  । प्रहरीका अनुसार अहिलेसम्म ४ जनाकाे शव भेटिएकाे र सनाखत हुन बाँकी रहेकाे जनाएको छ । झण्डै २० जनाभन्दा बढी यात्रु हराइरहेकाे हुनसक्ने अनुमान रहेता पनि खोजीकार्यमा प्रहरी र स्थानीयले तिब्र गति दिएका छन्  । बस सडकबाट त्रिशुलीमा खस्ने क्रममा झाडीमा अड्केका केही घाइतेहरु भेटिएका हुन् । उनिहरुबाट बस के कसरी खसेको हो भन्ने सन्दर्भमा जानकारी लिने प्रयास भैरहेको छ ।   सर्लाहीको मलंगवाबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो । अहिले उद्धारको काम भैहरेको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान प्रहरीको छ  ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार