फुलेन्देको बाउको ‘घरजम’ दमकमा प्रदर्शन

३ कार्तिक, दमक झापा ।

लिम्वु भाषाको चर्चित निर्देशक तथा कलाकार मौसम इम्वुङद्वारा निर्देशित नेपाली कथानक चलचित्र घरजम दमकको पाथिभरा हलमा भव्य प्रदर्शन भएको छ । पछिल्लो समयमा फुलेन्देको बाउको चरित्रमार्फत नेपाली दर्शक स्रोताहरुमाझँ ढुकढुकी बन्नु भएका फुलेन्देको बाउले उहाँको निर्देशन कलालाई तिखार्दै नेपाली कथानक चलचित्रको निर्देशन गरेका हुन् ।
लामो समय हङकङमा वसेर पनि नेपाली कला, संस्कृतिलाई अगाघ माया गर्नुहुने फुलेन्देको बाउले पुर्वी नेपालको पहाडी गाउँवस्तीहरुको सौन्दर्य, रहनसहन, सस्कृति र समाजको पृष्ठभूमिलाई आम दर्शकहरुको माझँमा पुर्याउने उद्देश्यले रोमियो फिल्मको व्यानरबाट नेपाली रजतपटमा उदाएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

हालका चर्चित कवि तथा पटकथाकार उपेन्द्र सुव्वाको गाउँले शैलीको कथा, पटकथा लेखनले सिंगारिएको चलचित्र घरजमले प्रत्येक दर्शकहरुलाई आफ्नो कथा भनिरहेको र गाउँघरमा पुगेको महसुस गराउन सफल भएको छ । हङकङ र पाचँथरको थर्पुमा प्रदर्शनमा आम दर्शकको अपार माया पाएको घरजमलाई आगामि दिनमा विर्तामोड, धुलावारी, घरान, फिदिम, इलाममा चाडै नै क्रमशः प्रदर्शन गरिने निर्देशक फुलेन्देको बाउले बताए ।

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं र पाचँथरको याङवरक क्षेत्रमा छायाँकन गरिएको घरजम चलचित्रमा किशोर कुमार लिम्बू पन्धाक र सिता कुमारी तुम्बापो लिम्बू को निर्माणमा कुशल थलङ, शुष्मा लिम्बु, बुद्धि तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, किशोर सुब्बा, सिता तुम्बापो, रबि सेर्मा, दिनेश माङमु, नुनाम केरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार