तेक्वान्दो पुम्से तथा स्पारिङ च्याम्पियनसिपमा नेपाली क्लब युनाइटेडलाई १४ गोल्ड मेडल

  टोपबहादुर याक्खा

२० अक्टुबर, हङकङ– ‘क्रश ताइवान पुम्से एण्ड स्पारिङ च्याम्पियनसिप–२०१९’ मा सहभागी एक मात्र नेपाली क्लब युनाइटेड तेक्वान्दो एसोसिएशन हङकङले उत्कृष्ट प्रदर्शन गर्दै १४ वटा गोल्ड मेडल सहित ३६ वटा मेडल हाता पार्न सफल भएको छ ।
चुनवान स्पोर्टस सेन्टरमा आयोजित उक्त कम्पिटिशनमा युनाइटेडका खेलाडीहरुले स्पारिङ र पुम्से दुबै तर्फ गरी १४ वटा गोल्ड, ११ वटा सिल्भर र ११ वटा ब्रोन्ज गरी जम्मा ३६ वटा मेडलहरु हाता पार्न सफल भएको क्लबका प्रेसिडेन्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईले बताए । वर्तमान हङकङको विषम परिस्थितिमा समेत कडा परिश्रम गर्दै इन्टरनेशनल लेभलको कम्पिटिशनमा मेडल प्राप्त गर्ने आफ्ना स्टुडेण्ट तथा इन्सट्रक्टरहरु धन्यवादको पात्र रहेको समेत राईले बताए । उक्त कम्पिटिशनमा हङकङका १४ वटा क्लबका साथै चाइना, ताइवान र थाइल्याण्डका विभिन्न क्बलका उत्कृष्ट खेलाडीहरुले समेत सहभागी जनाएका थिए ।
हङकङका विभिन्न स्थानहरुमा २२ वटा ब्रान्चमा गरी ४५० बढि स्टुडेण्टहरु रहेको उक्त एसोसिएशनले चाइनिज तथा नेपाली क्लबहरुले आयोजना गर्दै आएका कम्पिटिशनहरुमा सहभागिता जनाएर उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार