याक्खा छुम्मा हङकङको देउसीभैलोमा डोकनी लाक

  टोपबहादुर याक्खा

३ नोभेम्बर, हङकङ– बलिहाङ तङनामको अवसरमा किरात याक्खा छुम्मा हङकङद्धारा डोकेनी लाक (डोकनी नाँच) सहित “देउसी भैलो तथा शुभकामना आदनप्रदान कार्यक्रम–२०१९” सम्पन्न गर्यो ।
स्थापनाकाल देखि नै याक्खा छुम्माले वार्षिक कार्यक्रमको रुपमा मनाउँदै आएको देउसीभैलो कार्यक्रममा किरात याक्खा जातीहरुले परापूर्वकालदेखि साङदाङराङमा अर्थात धनको देवीका रुपमा डोको भित्र महिला पसेर नाच्दै आइरहेको लोपोन्मुख डोकेनी लाक अर्थात डोकनी नाँच मुख्य आकर्षणको रुपमा रहेको थियो ।
जोर्डनस्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आयोजित छोटो औपचारिक कार्यक्रममा याक्खा छुम्माका अध्यक्ष पूर्ण प्रसाद देवान, प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ हङकङका महासचिव कृष्णराज लावतीका साथै विशेष अतिथिहरु किरात राई यायोक्खा हङकङका अध्यक्ष हरिचन्द्र राई, किरात याक्थुम चुम्लुङ हङकङकी अध्यक्ष अशली वनेम र सुनुवार समाज हङकङका सचिव सुरुची सुनुवारले शुभकामना मन्तब्य राखेका थिए ।
औपचारिक कार्यक्रमको समापनसंगै देउसीभैलो,  उत्कृष्ट याक्खा भेषभूषालाई नगद पुरस्कारद्धारा पुस्कृत गरिनुका साथै लक्की ड्र विजयीहरुलाई समेत पुरस्कृत गर्दै नाँचगानका साथ कार्यक्रम सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार