संखुवासभा समाज हङकङको देउसी भैलो कार्यक्रम सम्पन्न

  टोपबहादुर याक्खा

१० नोभेम्बर, हङकङ– संखुवासभा समाज हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, विभिन्न जातिय भेषभूषा प्रदर्शनी, देउसी भैलो तथा नाँचगान गर्दै २०१९ को देउसी भैलो तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गर्यो ।
जोर्डनस्थित ब्लु ओसियन रेष्टुरेण्टमा आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष
सुशन गुरुङको श्वागत मन्तब्यसंगै कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष टोपबहादुर याक्खा तथा प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानाद्धारा पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष टोपबहादुर याक्खा, प्रमुख अतिथि टंक राना, संखुवासभा दिदीबहिनी समूह हङकङकी अध्यक्ष गौमाया घले, किरात याक्खा छुम्मा हङकङका अध्यक्ष पूर्ण प्रसाद देवान तथा समाजका सल्लाहकारहरु कर्ण कोरङ्गी, उपेन्द्र कोरङ्गी, लव कुमार गुरुङ, प्रकाश गुरुङ, प्रेम कुमार कोरङ्गी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समाजका कोषाध्यक्ष लोकराज याक्खाद्धारा संचालन गरिएको औपचारिक कार्यक्रमको समापनसंगै वर्तमान हङकङको विषम परिस्थितीका वापजुद पनि बाकुलो संख्यामा उपस्थित जिल्लाबासीहरुले देउसीभैलो तथा नाँचगान गरेर भरपूर मनोरञ्जन लिदै कार्यक्रमको समापन भएको थियो ।
१९९६ मा स्थापित हङकङकै दोस्रो जेठो संस्थाको रुपमा रहेको संखुवासभा समाज हङकङले जिल्लाबासी विभिन्न जातजातीका समुदायहरु बीच भाषिक, धार्मिक एवं सांस्कृतिक सद्भाव एवं एकतालाई बलियो बनाई राख्नका लागि गतसालमा झै आकृर्षक पुरस्कारको व्यवस्था सहित जातिय भेषभूषा प्रदर्शनीको आयोजना समेत गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार