९१ औं साहित्य श्रृंखलामा गीता अधिकारीका गजलहरु

  टोपबहादुर याक्खा

२४ नोभेम्बर, हङकङ– साहित्यकार दीपक सुवेदीको ‘नेपाली डायस्पोरा र अन्य सिर्जना’ पुस्तक विमोचनका साथै कवि तथा साहित्यकार गीता अधिकारीद्धारा आधा दर्जन बढि गजलहरु वाचन गर्दै ९१ औं हङकङ साहित्यिक साझा श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो ।
साहित्य श्रृंखलाका संयोजक सुनिता गिरीको अध्यक्षतामा सम्पन्न पहिलो चरणको कार्यक्रममा हङकङ, यु.के. लगायतका देशहरुमा बसेर कलम चलाई रहेका साहित्यकारहरुको प्रकाशित कृतिहरुलाई सन्दर्भस्रोतका रुपमा लिएर साहित्यकार दीपक सुवेदीद्धारा प्रकाशित ‘नेपाली डायस्पोरा र अन्य सिर्जना’ पुस्तक विमोचन गरिएको थियो भने उक्त पुस्तमाथि दाजु गुरुङले टिप्पणी राखेका थिए ।
दोस्रो चरणको सृजना वाचनको कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरु दाजु गुरुङ, डोम राना, सन्ध्या क्षेत्री, नारायण भण्डारी, डी.बी. पालुङ्वा, रमण गुरुङ, भुपेन्द्र चेम्जोङ, नविन सुहाङ, लालबहादुर गुरुङ लगायतले आ–आफ्ना
सृजनाहरु वाचन गरेका थिए । आयोजकद्धारा पूर्व उद्ध्घोष गरिए अनुसार कार्यक्रमको प्रमुख आकर्षणका रुपमा रहेकी गजलकार तथा साहित्यकार गीता अधिकारीले आफ्ना आधा दर्जन बढी गजलहरु वाचन गरेर कार्यक्रमलाई थप साहित्यमय बनाएकी थिइन । पुराना साहित्यकार भुपेन्द्र चेम्जोङद्धारा वाचित सृजना माथि टिप्पणी राखिएको कार्यक्रमलाई श्रृंखलाका सह–संयोजक दिपेन्द्र राईले संचालन गरेका थिए ।
२०१२ देखि हरेक महिनाको अन्तिम आइतबार आयोजना हुदै आएको साहित्य श्रृंखलाले प्रत्येक श्रृंखलामा एक वा दुई साहित्यकारहरुलाई सम्मान सहित विशेष सृजना वाचनको अवशर दिदै अगाढी बढ्ने श्रृखंलाकी संयोजक सुनिता गिरीले बताईन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार