महिला भलिबलले मन जित्यो, खेल जितेन……….

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक उद्घाटन हुनुभन्दा पाँच दिन अघि महिला तथा पुरुष भलिबलको प्रतिस्पर्धा सुरु भएको थियो। प्रतिस्पर्धा सुरु हुनुअघि नेपाली महिला भलिबल टोली उच्च आत्मविश्वासका साथ मैदान उत्रिएको थियो। कारण, तीन साता अघि बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन महिला भलिबलमा च्याम्पियन हुनु। यता पुरुष भलिबलमा भने सो आत्मविश्वास देखिएन। र, एउटै खेलमा विजयी नभई समूह चरणबाटै बाहिरियो। महिला भलिबलको समूह चरणमा नेपालको भेट बंगलादेशसँग भयो। उक्त खेल नेपाल २५–९, २५–९ र २५–११ ले जित्यो। खेलमा बंगलादेशमै सेन्ट्रल जोन महिला भलिबलमा च्याम्पियन बनेर फर्किएको टोलीमा बलियो आत्मविश्वास झल्किएको थियो। सो प्रतियोगिताको फाइनलमा नेपालले माल्दिभ्स तीन शून्यको सोझो सेटले पराजित गरेको थियो। र, यही जितले नेपाली महिला टिमलाई पहिलो पटक अन्तर्राष्ट्रिय स्वर्ण पदक पनि दिलाइएको थियो। भलिबलमा महिलाहरुको प्रदर्शन हेर्दा क्षमतामा अभिवृद्धि भएको देखिन्छ। प्रतियोगिताका हरेक खेलमा नेपाली महिला टिम प्रतिस्पर्धी देखियो। समूह ‘ए’ रहेको नेपालको टिममा बलियो प्रतिस्पर्धी भारत र बंगलादेश रहेका थिए। समूह चरणको पहिलो खेल नेपालले बंगलादेशविरुद्ध आत्मविश्वासी खेल पस्कियो। उक्त खेल नेपालले तीन शून्यको सेटमा खेल जितेको थियो। २५–९, २५–९ र २५–११ले सो खेल आफ्नो पक्षमा पारेको थियो। समूह चरणको दोस्रो खेल भारतसँग थियो। क्षमताको अभिवृद्धि र बलियो आत्मविश्वासको साथ नेपाली टिम मैदान उत्रिए। पहिलो सेटमा नेपाल निकै प्रतिस्पर्धी देखियो। तर, सो सेट नेपालले २४–२६ ले गुमाएको थियो। पहिलो सेटको आत्मविश्वास नेपालले दोस्रो र तेस्रो सेटमा दोर्याउन सकेन। दोस्रो सेट १२–२५ ले गुमाएको नेपालले तेस्रो सेट २५–१६ मा पराजित भयो। समूह चरणमा भारत समूह विजेता र नेपाल उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरे। सेमीफाइनलमा नेपालले श्रीलंकालाई प्रतिद्वन्द्वी पायो। भारतको भेट माल्दिभ्ससँग भयो। सेमिफाइनलमा भारतले मादिभ्ससँग आफ्नो स्वभाविक खेल पस्कियो। सो खेलमा भारत २५–१४, २५–६ र २५–१७ को सोझो सेटमा विजयी भयो। यता नेपालका लागि श्रीलंकाविरुद्ध सेमिफाइनलको खेल महत्वपूर्ण थियो। किनभने यो खेलमा जितेको खण्डमा पनि नेपाले ऐतिहासिक पदक जित्ने पक्का थियो। सागमा नेपाली महिला टोलीले कास्य पदकभन्दा माथि जित्न सकेको थिएन। खेल नेपालकै पक्षमा आयो। सेमिफाइनमा नेपालले श्रीलंकालाई २५–१४, २५–१८ र २५–२१ को सोझो सेटमा जित्यो। सो जित नै नेपालका लागि ऐतिहासिक बनिसकेको थियो। जितले सागको इतिहासमा कास्य पदकभन्दा माथि रजक पदक पक्का भैसकेको थियो। फाइनलमा पुनः समूह चरणकै टोली भारतसँग भेट भयो। खेलका नेपालले प्राविधिक पक्षमा सुधार गर्नुपर्ने थियो। पहिलो भेटमा भारतसामु सोचे अनुसार नजिता दिलाउन नसकेको पाठ नेपालले सिकिसकेको थियो। क्षमताको अभिवृद्धि, आत्मविश्वास, घरेलु दर्शक र स्वर्णको हुटहुटीका साथमा नेपाल भारतविरुद्ध मैदान उत्रिएको थियो। खेलको पहिलो सेट भारतले नै जित्यो। उक्त सेटमा नेपाल कमजोर देखियो। नेपालले १७– २५ ले खेल गुमायो। भारत प्रतिको परम्परागत ‘हरुवा’ सोच नेपाली खेलकूदमा हावी छ। पहिलो सेटको नतिजा पछि खेलप्रेमीमा नैराश्यता भरिएको थियो। तर, नेपाली महिलाले भने त्यसको विपरितको नजिता पस्किए दोस्रो र तेस्रो सेटमा। आत्मविश्वस र स्तरीय प्रदर्शनका कारण भारतीय खेलाडी आच्छुआच्छु बनेका थिए। यता हजारौं संख्यामा रहेका नेपाली दर्शकको साथले खेलाडीहरु पनि हैसिएका थिए। दोस्रो र तेस्रो सेट २५–२३ र २५–२१ ले जित्यो। नजिता २–१ ले नेपालको पक्षमा आयो। दोस्रो र तेस्रो सेटमा निकै प्रतिस्पर्धी खेल पस्किएका कारण चौथो सेटमा पनि सोही नजिताको अपेक्ष राख्न सकिन्थ्यो। तर, चौथो सेट २०–२५ अंकले नेपालले गुमायो। चौथो सेटपछि २–२ को अवस्थामा अन्तिम सेट सुरु भयो। अन्तिम सेट ‘गर वा मर’को अवस्थामा थिए दुबै टिम। नेपालले फाइनल सेटमा फेरी बिर्सन लायक प्रदर्शन गर्यो। उक्त सेटमा फेरी परम्परागत हारको हाउगुजीले सताएको देखियो। १५–६ ले पराजित भएको उक्त खेलपछि भारतले स्वर्ण पक्का गर्यो। नेपाल रतजमै सीमित भयो। सागमा नेपाली महिला भलिबलले तीन कांस्य जितेको छ। नेपालले सन् १९९९, २००६ र २०१६ को सागमा कांस्य पदक जितेको हो। सागमा फाइनल पुग्नु नै नेपालको लागि ऐतिहासिक बनिसको थियो। प्रतियोगिता अघि नेपाली महिला टोलीकी कप्तान अरुणा शाही भन्छिन्,‘हामी घरेलु मैदानमा स्वर्ण पदक जित्दै इतिहास रच्ने लक्ष्यमा छौं।’ तर नेपालले स्वर्ण त जित्न सफल भएन तर सुधारिएको खेलसहित प्राप्त रजत पदकले आम भलिबल प्रेमीको मन भने पक्कै जितेको छ।     श्राेत: नागरिक न्यूज

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार