भिसि लिम्वु वेघा वंशका महानायक/बेघा थोबोजुम काठमाडौ।

३० मंसिर काठमाडौ ।

युद्धमा अदम्य शाहसका पर्याय भिसि राम वहादुर वेघालाई आफ्नै कुल बंश उत्थानमा सक्रिय इक्साहाङ इङ्मिसो बेघा थोबोजुमले ललितपुर चुम्लुङहिममा भव्य कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । थोवोजुमको पूर्व अध्यक्ष समेत रहनु भएका भिसिलाई वेघा कुल बंशको  देश विदेशमा पहिचान स्थापित गर्न पुर्याउनुभएको योगदानको स्मरण गर्दै आगामि दिनमा पनि उहाँको छत्रछाँया र आशिर्वादमा काम गर्न महानायकको रुपमा सम्मान गरेको हो ।

गिनिज वुक अफ द वल्र्ड रेकर्डमा समेत सूचिकृत १३औं भिसि पदक विजेताको रुपमा वेघा कुल वंशबाट राम वहादुर वेघाले प्राप्त गर्नु गर्वको कुरा हो : संस्थाका अध्यक्ष प्रवीण वेघाले भने ।

स्तन क्यान्सरबाट पीडित कला सुहाङ वेघाको उपचारार्थ रकम उठाँउन पहल गर्ने मनकारी गायिका देशु सुहाङ र सञ्चारकर्मी संगिता सुहाङलाई पनि भिसिको वाहुलीबाट सम्मान गरेको छ । कुल वंशको सम्मान र अभिनन्दन ग्रहण गर्दै अनुग्रहित हुँदै भिसिले भने : यहाँहरु सबैको माया, स्नेहले लामो समय बाँच्न सकुँ, गरिवहरुको सेवा गर्न पाइरहुँ, तपाईहरुलाई आशिर्वाद दिन पाईरहुँ ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार