
लाइन रक आर्चरी क्लबमा सम्पन्न ‘प्रथम यलम्बर धनुवाण प्रतियोगिता २०१९’ मा अन्य तीन दर्जन खेलाडीहरुलाई पछि पार्दै प्रनाइ चन्द्र राईले प्रथम स्थान हासिल गरे भने कृष्णराज राई र दिपेन बान्तावा राईले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए ।
विजेताहरुलाई आयोजक किरात राई यायोक्खाका

आधुनिकता संगै विस्तारै ओझेलमा पर्दै गएको किरातहरुको पौराणिक शक्तिशाली हतियार धनुवाणलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्नुका साथै चार किरातहरुबीचको एकतालाई अझ बलियो बनाउँने अभिप्रायले धनुवाण प्रतियोगिता आयोजना गरिएको आयोजक किरात राई यायोक्खाका अध्यक्ष हरिचन्द्र राईले बताए ।

हङकङको विषम परिस्थिति तथा प्राविधिक रुपमा पनि निक्कै कठिन भएता पनि विभिन्न व्यक्तित्व, संघसंस्था तथा व्यावसायीहरुको साथ सहयोगले प्रथम यलम्बर धनुवाण प्रतियोगिता सफल भएको र आगामी दिनहरुमा अझ भव्य रुपमा ओजना गरिने खेल संयोजक सदस्य तथा थुलुङ सामाका अध्यक्ष राम्लि राईले बताए ।
किरात राई यायोक्खा हङकङ आयोजक रहेको उक्त प्रतियोगिताका सह–आयोजक संस्थाहरु थुलुङ (राई) सामा हङकङ, किरात याक्खा छुम्मा हङकङ, किरात याक्थुम चुम्लङु हङकङ र सुनुवार समाज हङकङ रहेका थिए ।


