इटलीमा कोरोना संक्रमण दर २५ प्रतिशतले बढ्यो……..

काठमाडौं- आइतबार मात्र इटालीमा कोरोना भाइरसका कारण १३३ जनाको मृत्यु भएको छ। अहिलेसम्म इटालीमा कोरोनाका कारण ३६६ जनाको मृत्यु भइसकेको छ। सिविल प्रोटेक्सन एजेन्सीका अनुसार संक्रमितको संख्या एकै दिन २५ प्रतिशतले बढेको छ। संक्रमितको संख्या ५ हजार ८ सय ८३ बाट ७ हजार ३ सय ७५ जना पुगेको छ। इटाली सरकारले कोरोना फैलिन नदिनको लागि कडा कदम उठाएको छ। नयाँ नियम अनुसार लामवर्डी र अन्य १४ प्रातन्तका १.६ करोड मानिसले यात्राको लागि विशेष अनुमति लिनुपर्ने छ। प्रधानमन्त्री जुजेप्पे कोटेले देशभर स्कुल, जिम सेन्टर, संग्राहलय, नाइटक्लब तथा मानिस जम्मा हुने अन्य स्थान बन्द गर्ने घोषणा गरेका छन्। यो प्रतिवन्ध तीन अप्रिलसम्म लागु हुने छ। पछिल्लो नतिजा अनुसार चीन भन्दा बाहिर इटलीमा कोरोना संक्रमणका विरामी धेरै देखिएका छन्। दक्षिण कोरियामा ७ हजार ३ सय १३ जनामा भाइरस पुष्टि भएको छ। इरानमा ६५ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय ९४ जनाको ज्यान भएको छ। इटलीका सेना प्रमुख साल्वातोर फारीनीलाई समेत कोरना संक्रमण भएको छ। उनी सेल्फ क्वारेन्टाइनमा रहेक छन्। विश्वभर १ लाख ७ हजारमा कोरोना संक्रमण भएको छ भने ३६ सय मानिसको ज्यान गएको छ। मर्ने र संक्रमण हुने संख्या चीनमा धेरै छ। आइतबारसम्मको रिपोर्ट अनुसार चीनमा संक्रमण फैलने दरमा कमि आएको छ। फ्रान्समा सांसद पनि कोरोना संक्रमणमा परेका छन्। आइतबारसम्म चार जना सांसदमा कोरोना देखिएको छ। त्यहाँ ११ सय २६ जनामा संक्रमण पुष्टि भएको छ। यूरोपमा इटाली पछि फ्रान्समा सबैभन्दा बढी संक्रमण देखिएको छ। एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार