काठमाडौं – कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले डेढ महिनादेखि जारी लकडाउनलाई ११ दिन थप गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आगामी जेठ पाँच गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो। लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। एनअेाएन












