रौतहटमा थप ५६ जनामा कोरोना संक्रमण भएको छ। राजपुरका ३३, इशनाथका १५, बौधिमाई २, मौलापुरमा ४ जना रहेका छन्। उनीहरु सबै भारतबाट आएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए। उनीहरु सबै क्वारेन्टिनमा रहेका छन्। संक्रमित सबैको स्वास्थ्य अवस्था समान्य रहेको प्रशासनले बताएको छ। यो सँगै जिल्लामा १८१ जनामा कोरोना पुष्टि भएको छ। एनअेाएन












