थपिए २१३ जना कोरोना संक्रमित……

पछिल्लो २४ घण्टामा २१३ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिला छन्। देवकोटाले नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए । जसमा पुरुषहरु तीन हजार २१२ र २३६ जना रहेका छन् । साथै नेपालका ७१ जिल्लामा कोरोना संक्रमण फैलिएको जनाएका छन्। अहिलेसम्म ४६७ जना कोरोना मुक्त भएकर डिस्चार्ज भएका छन्। दुई हजार ९६८ जनाको देशभरका विभिन्‍न अस्पताल र आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार