चीन, ईयू १०औं उच्च-स्तरीय रणनीतिक वार्तामा सम्बन्ध सुधार गर्न सहमत……

मंगलबार उच्च स्तरीय रणनीतिक वार्ताको आफ्नो १० औं चरणको अवधिमा चीन र युरोपियन युनियन (ईयु) ले विभिन्न मुद्दाहरूमा नजिकको सम्बन्ध विकास गर्न सहमति जनायो। भिडियो लिंकको माध्यमबाट भएको उक्त वार्ता चिनियाँ स्टेट काउन्सलर र विदेश मन्त्री वाङ यी र ईयूका विदेश प्रतिनिधि तथा सुरक्षा नीतिका उच्च प्रतिनिधि जोसेप बोररेलको अध्यक्षतामा रहेको थियो। सहकार्य र सहमतिसँग प्रतिस्पर्धा र मतभिन्नता भन्दा जहिले पनि चीन र ईयू दीर्घकालिन, बृहत् र रणनीतिक साझेदार हो, वाङले भने कि दुबै पक्षले कूटनीतिक सम्बन्ध स्थापनाको ४५ औं वार्षिकोत्सवलाई नजिकको विकासका लागि नयाँ सुरूवातको रूपमा लिनु पर्छ। उनले महामारी युगपश्चात सम्बन्धलाई अगाडि बढाउन, उच्चस्तरीय आदानप्रदानलाई बढावा दिन र चीन-ईयू सम्मेलन र चीन-ईयू नेताहरूको बैठकका लागि राम्रो तयारी गर्न दुवै पक्षलाई आग्रह गरे। । “महामारीको बिरूद्ध लड्न” वाङले भने, “हामीले संयुक्त रूपमा कामको पुनः शुरुवातमा तीब्रता ल्याउनुपर्दछ, आपूर्ति श्रृंखला र औद्योगिक श्रृंखलाको स्थिरता कायम राख्नुपर्दछ, सार्वजनिक स्वास्थ्य र आपतकालिन व्यवस्थापनमा अनुभवको आदानप्रदान गर्न सहयोग पुर्‍याउनुपर्दछ, खोप र औषधि सम्बन्धी अनुसन्धानमा ठोस प्रयास गर्नुपर्छ र महामारीको बिरूद्ध लडाईमा अफ्रिकासँगको सहयोग बढाउनुपर्दछ।” समष्टि आर्थिक नीतिमा सञ्चार र समन्वयको महत्त्वमाथि जोड दिँदै वांगले सहयोगमा खुलापन र द्विपक्षीय लगानी सम्झौतामा वार्ता सम्पन्न गर्न आग्रह गरे। उनले आशा व्यक्त गरे कि दुबै पक्षले बहुपक्षीयवादको संरक्षण गर्ने सम्बन्धमा सहमति ब्यक्त गर्ने र संयुक्त राष्ट्र संघलगायत बहुपक्षीय रूपरेखा अन्तर्गत सहकार्यलाई अझ मजबुत बनाउने छ। वाङले हङकङको मामिलामा चिनियाँ सरकारको सिद्धान्त र अडान पनि दोहोर्‍याए। बोररेलले आफ्नाे पक्षमा भने कि ईयुले चीनसँगको सम्बन्धको लागि उच्च अपेक्षा राखेको छ र नजिकको सम्बन्ध सुनिश्चित गर्न प्रयत्न गर्नेछ। उनले भने, ईयू र चीन दुबै बहुपक्षीयताको कडा समर्थक छन्, र ईयुले अन्तर्राष्ट्रिय सहयोगमा चीनको सक्रिय सहभागिताको स्वागत गर्दछ। दुबै पक्षले साझा चासोका मुद्दाहरुमा गहन विचार व्यक्त गरेका थिए। श्राेत:सिन्ह्वा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार