शुक्रबार पनि देशैभर सरकार विरोधी प्रदर्शन……

कोभिड–१९ रोकथाम र जाँचमा ढिलासुस्ती गरेकाे, सरकारी खर्च पारदर्शी नभएकाे भन्दै शुक्रबार पनि युवाहरूले सरकार विरोधी प्रदर्शन जारी राखेका छन् । काठमाडाैंकाे बसन्तपुरमा युवाहरूले प्रहरी दमनविरूद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् । धुलिखेल, भक्तपुर र कीर्तिपुरमा पनि सरकार विराेधी प्रदर्शनमा भएकाे छ । त्यस्तै हेटौंडा, बुटवल, भैरहवा पाल्पामा पनि कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम नचालेको भन्दै प्रदर्शन भइरहेको छ । सरकारले काेराेना संक्रमण जाँचका लागि पीसीआर बढाउन, क्वारेन्टाइनको गुणस्तर सुधार गर्न, मेडिकल क्षमता विस्तार गर्न र खर्च पारदर्शी बनाउन माग गर्दै बिहीबारदेखि देशैभर स्वस्फूर्त प्रदर्शनमा उत्रेका छन् । प्रदर्शनमा मुख्यगरी युवा तथा व्यवसायीलगायत संलग्न छन् ।  श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार