हङकङ सरकारद्वारा दिइने १० हजार डलर राहतको दर्ता सुरु……

हङकङ सरकारले आफ्ना नागरिक (पर्मानेन्ट रेसिडेन्ट आइडी कार्ड होल्डर) हरुलाई राहतस्वरूप १८ वर्षउमेर पुगेका प्रत्येक व्यक्तिलाई दश हजार हङकङ डलर अर्थात करिब १ लाख ५८ हजाररुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । गत फेब्रुअरी महिनामा सन् २०२०-२१ को बजेटमा सरकारले उक्त घोषणा गरेको थियो । नगद भुक्तानी योजना (द स्कीम) को लागि आवेदन दिने समय यही २१ जुन २०२० देखि ३१ डिसेम्बर २०२१ सम्म निर्धारण गरिएको छ ।यसैगरी आगामी जुलाई ८ तारिखबाट रकम भुक्तानी शुरु गर्ने बताएको छ । ३१ मार्च २०२१ सम्म१८ वर्ष पूरा भएका वा सो भन्दा माथिका उमेर भएका सबै स्थायी परिचय पत्र भएका बासिन्दाहरुले उक्त रकम दावी गर्न सक्नेछन् । आवेदनको लागि आवश्यक फारम लगायतका विभिन्न जानकारी अनलाइनमा उपलब्ध गराइएको छ । खातावालहरुको लागि तोकिएका ई-बैंकिंग तथाहुलाक मार्फत आवेदन गर्न सकिनेछ । बैक खाता नहुनेहरूको लागि हुलाक मार्फत चेकप्राप्त गर्न सकिनेछ । बैंक खाता हुनेहरुले उक्त रकम आफूले रोजेको बैंकको व्यक्तिगत खाता मार्फत प्राप्त गर्नेछन् भने खाता नहुनेले हुलाक मार्फत चेक प्राप्तगर्नेछन । यही जुन १५ तारिखबाट कागजी दर्ताको लागि फारम वेबसाइटमा उपलब्ध हुनेछ । बैंक, हुलाक लगायतका अन्य विभिन्न एक हजार भन्दाबढी स्थानहरुबाट फारमहरू प्राप्त गर्न सकिनेछ । वित्त मन्त्री पाउल चानले अनलाइन प्रविधिबाट छिटो र छरितो हुने भएकाले सम्भव भएसम्म अनलाइनको प्रयोग गर्न अनुरोध गरेका छन् । दर्ताको लागि अनलाइन फारम www.cashpayout.gov.hk/eng मा गएर डाउनलोड गर्न सकिनेछ । सन् १९५५ वा सोभन्दा पहिले जन्मेका व्यक्तिहरुले बैंक मार्फत २१ जुन २०२० बाट विद्युतीय दर्ता गर्न सक्नेछन् भने उनीहरुलाई २० जुलाई २०२० बाट रकम भुक्तानी गरिनेछ । सन् १९५६ देखि१९७० सम्म जन्मेका हरुले ५ जुलाई २०२० बाट दर्ता गर्न सक्नेछन् र उनीहरुको भुक्तानी ३ अगष्ट २०२० देखि गरिनेछ ।सन् १९७१ देखि २००२ भित्र जन्मेका हरुको लागि १९ जुलाई २०२० बाट दर्ता शुरु र गरिनेछ भने १७ अगष्ट २०२० देखि रकम भुक्तानी गरिनेछ । सरकार विरोधी आन्दोलन र कोरोना भाइरसका महामारीका कारण पर्न गएको आर्थिक मन्दीलाई मध्यनजर गर्दैगत फेब्रुअरीमा हङकङ सरकारद्वारा उक्त घोषणा गरिएको थियो । सरकारद्वारा घोषणा गरिएको उक्त राहत प्याकेजबाट ७० लाख भन्दा बढी त्यहाँका बासिन्दाहरु लाभान्वित हुनेछन् भने करिब ७१ अर्ब डलर खर्च हुने सरकारले बताएको छ । हङकङ बाहिर रहेका र हङकङ नफर्किने गरि गएका हङकङका नागरिकलाई पनि राहत स्वरुप रकम दिने सरकारको नीतिको केहीले आलोचना गरेका छन् । तर प्रक्रियागत विभिन्न विषयमा हुने जटिलताले गर्दा सबैमा एकरुपता कायम गरेको भन्दै सरकारले आफ्नो बचाउ गरेको छ । यसअघि सन् २०११ मा पनि हङकङ सरकारले आफ्ना बासिन्दालाई प्रति व्यक्ति हङकङ डलर ६ हजारका दरले रकम प्रदानगरेको थियो । सरकारको यस नीतिले हङकङ लगायत विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका पर्मानेन्ट रेसिडेन्ट लिइसकेका थुप्रै नेपालीहरु पनि लाभान्वित हुनेछन् । श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार