बेइजिङमा संक्रमितको संख्या पुन: बढ्दै……

चीनमा पछिल्लो दुई दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये राजधानी बेइजिङमा मात्रै ३६ जनामा कोरोना संक्रमण देखिएको हो । बेइजिङमा ३२ वर्षदेखि संचालित ‘सिन फा ती’खुद्रा कृषि बजार प्रवेशद्वारमा कडाइ गर्दै चिनियाँ प्रहरी ।  समाचार संस्था एएफपीका अनुसार बेइजिङको हेडियान क्षेत्रमा रहेको थोक बजारमा संक्रमण देखिएपछि बेइजिङका थप १० क्षेत्रमा लकडाउन गरिएको छ । ‘सिन फा ती’ नाम गरेको उक्त कृषि बजारमा कार्यरत कर्मचारीहरुको नमुना संकलन गर्दा संक्रमण देखिएको हो । बेइजिङमा त्यही बजारबाट संक्रमण फैलिएको आशंका गरिएको छ । चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन । त्यस्तै पछिल्ला दिनहरुमा संक्रमित हुनेको संख्यामा उल्लेख्य कमी आएको छ । तर केही ठाउँमा देखिएको स्थानीय संक्रमणका कारण भने चीनमा पुन: यसले महामारीको रुप लिने हो कि भन्ने चिन्ता बढेको छ । चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ हजार ३ सय ३५ जना पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा ७९ हजार ४ सय ८३ जना निको भएका छन् । श्राेत: इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार