पछि हट्यो अमेरिका – मलेरियाको औषधि कोरोनाको आपतकालीन उपचारमा प्रयोग गर्न नमिल्ने !……

कोरोनाको उपचारमा मलेरियोका उपचारमा प्रयोग हुने औषधिहरु हाइड्रोक्लोरिक्विन र कलोरोक्विन प्रभावकारी हुन सक्छ– यो तथ्यलाई जबरजस्ती स्थापित गर्ने कोशिश अमेरिकाले लामो समयसम्म गर्दै आयो । कतिसम्म भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यसको खुलेरै वकालत गरे । उनी आफैं कोरोना संक्रमितको सम्पर्कमा आएपछि सावधानीका रुपमा यौ औषधि नै खाए । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले नै पनि कोरोनाको आपतकालीन उपचारमा यी औषधिहरु प्रयोग गर्न मिल्ने भनेर स्वीकृति दिएको थियो । अमेरिकाले लागू गरेको त्यो निर्णय उचित र पर्याप्त अनुसन्धानबेगर हतारोमा गरिएको हठ मात्रै थियो भन्ने कुरा पछि विभिन्न अनुसन्धानहरुले पुष्टि गर्दै आयो । अन्ततः त्यो औषधिको प्रयोग गर्न स्वीकृति दिने अमेरिकाको आधिकारिक निकाय एफडीएले नै ‘ती औषधिहरुले ‘वैधानिक दायराहरु’ पूरा गर्न नसक्ने र कोरोनाको उपचारमा खासै प्रभावकारी नदेखिएको ठहर गर्दै यसअघि आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने भनी दिइएको स्वीकृतिलाई खारेज गर्यो । त्यसबारेमा जानकारी दिँदै एफडीएका प्रमुख वैज्ञानिक डेनिस हिन्टनले बायोमिेडकल एडभान्स्ड रिसर्च एण्ड डेभलपमेन्ट अथोरिटीका गारे डिस्ब्रोलाई सोमबार लेखेको पत्रमा भनिएको छ ः ‘नयाँ जानकारीहरु तथा संलग्न मेमोरेण्डममा चर्चा गरिएका अन्य जानकारीहरुका आधारमा एफडीए मुखबाट खुवाइने एचसीक्यू र सीक्यू कोभिड–१९ को उपचारमा प्रभाकारी हुन्छ भन्ने कुरामा विश्वास गर्न अब उप्रान्त सही हुने निष्कर्षमा पुगेको छ, न त यो कुरामा विश्वास गर्न सकिने आधारहरु नै छन् कि त्यसका सम्भाव्य फाइदाहरु त्यसका ज्ञात खतराहरुका तुलनामा कम नै छन् ।’हाइड्रोक्लोरोक्विन र क्लोरोक्विन कोभिड–१९ का विरामीहरुमा गम्भीर किसिमका मुटुसम्बन्धी समस्या तथा अन्य विभिन्न समस्याहरुसँग जोडिएको पाइएको छ । यसअघि एफडीएले उक्त औषधीको प्रयोग गर्न दिइएको आफ्नो निर्णयको कडा प्रतिरक्षा गर्दै आएको थियो । उता विश्व स्वास्थ्य संगठने पनि सोमबार नै बहुदेशमा भइरहेको कोभिड–१९ को अध्ययनको सिलसिलामा हाइड्रोक्लोरोक्विनको प्रयोगबारे समीक्षा गरिरहेको जनाएको छ । यसअघि नै संगठनले उक्त औषधीको सुरक्षाबारे व्यापक प्रश्न उठेपछि अस्थायी रुपमा परीक्षण प्रयोगमा रोक लगाएको थियो तर पछि यसै महिनाको शुरुमा त्यस कार्यक्रमलाई पुनः शुरु गरेको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि बेलाबेलामा हाइड्रोक्लोरोक्विन र एन्टिबायोटिक एजिथ्रोमाइसिनको संयुक्त प्रयोगलाई कोभिड–१९ को प्रभावकारी उपचारको रुपमा वकालत गर्दै आएका छन् । त्यसो त स्वास्थ्यविदहरुले जतिसुकै चेतावनी दिए पनि यो औषधीको खुद्रा विक्री र यसप्रति आम मानिसहरुको चासो चाहिँ निक्कै बढेर गएको स्थिति अमेरिकामा छ । (सीएनएन) श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार