डेक्सामेथासोनले कोरोना संक्रमितको ज्यान बचाउन सकिने

जोर्नी दुख्ने तथा दमलगायतका रोगमा लामो सयमदेखि प्रयोग भइरहेको सस्तो र सुलभ डेक्सामेथासोन औषधिले कोरोनाका गम्भीर बिरामीलाई पनि बचाउन सकिने निष्कर्ष बेलायतका वैज्ञानिकले निकालेका छन्। अनुसन्धानकर्ताका अनुसार यो औषधिले भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका ८ बिरामीमध्ये १ तथा र अक्सिजन दिनुपर्ने २५ कोरोना संक्रमितमध्ये एक जनाको ज्यान जोगाउन सकिने देखिएको हो। यो औषधिको मूल्य पनि सस्तो तथा जहाँसुकै पाइने भएकाले यसबाट कोरोना संक्रमण फैलिएका गरिब देशलाई निकै ठूलो राहत पुग्ने उनीहरूको भनाइ छ। यो औषधि बेलायतमा सुरुमै प्रयाेग गरिएकाे भए ५ हजार जना कोरोनाका बिरामी बचाउन सकिने देखिएकाे त्यहाँका अनुसन्धानकर्ताले बताएका छन्। यो औषधिको मूल्य पनि सस्तो तथा जहाँसुकै पाइने भएकाले यसले कोरोना संक्रमण फैलिएका गरिब देशलाई निकै ठूलो राहत पुग्ने उनीहरूको भनाइ छ। त्यही भएर यसको परीक्षणको परिणामलाई तत्कालै बाहिर ल्याइएको अनुसन्धानकर्तालाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ। वैज्ञानिकका अनुसार डेक्सामेथासोन औषधि सन् १९६० देखि नै दम, जोर्नीलगायत समस्यामा प्रयोग भइरहेको औषधि हो। स्राेत: बीबीसी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार