बेइजिङका कोरोना संक्रमितमा भिन्न प्रकारको लक्षण देखियो……

बेइजिङमा भेटिएका कोरोना संक्रमितमा नितान्त फरक लक्षण देखिएको विशेषज्ञले जानकारी दिएका छन् । डाक्टरका अनुसार बिरामीलाई पेट र हड्डी दुख्ने समस्या देखिएको छ । विशेषज्ञले भने, ‘भिन्न इलाकामा बस्ने र उनीहरुको रहन–सहनको तौर तरिका र शरीरको बनावटको आधारमा पनि मानिसहरुमा भिन्न प्रकारको लक्षण देखिएको छ ।’ मे महिनामा पनि डाक्टरले बिरामीको परीक्षणका बेला भिन्न प्रकारको लक्षण देखेका थिए । बेइजिङमा कोरोनाका नयाँ बिरामीका कारण पुनः महामारी फैलन सक्ने आशंका गरिएको छ । ११ जून पछि बेइजिङमा कोरोनाका १३७ नयाँ संक्रमित भेटिएका छन् । चिनियाँ मिडियाका अनुसार कोरोना पोजेटिभ देखिएका नयाँ संक्रमितमा युवा (३०–३९ वर्ष बीच) को संख्या धेरै छ र उनीहरुमा निकै न्यून लक्षण देखिएको छ । स्रोतः बीबीसी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार