चीनले भारतलाई ‘जानाजानी उत्तेजित’ गरेको आरोप लगायो……

परराष्ट्र मन्त्रालयका प्रवक्ता लिजियान झाओले भने भारतीय सैनिकहरू चिनियाँ इलाकामा पुगेका थिए र उनीहरूले आक्रमण गरेका थिए। तर उनले कुनै चिनियाँ क्षतिको विवरण भने दिएनन्। शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने कि कुनै विदेशी सैनिकले भारतको सिमाना पार गरेनन् र कुनै क्षेत्र हराएको थिएन। मोदीले वाचा गरे कि भारतले आवश्यक परेमा सैन्य बलको साथ आफ्नो सिमाना रक्षा गर्नेछ। गल्वान उपत्यकामा भएको भिडन्तमा २० भारतीय सैनिक मारिए। भारतले भनेकाे छ कि लडाईको क्रममा दुबै पक्षले नोक्सान भोगेका छन्।

चीनको घटनाहरूको संस्करण के हो?

ट्वीटको श्रृंखलामा झाओले भने कि गल्वान उपत्यका दुईवटा आणविक हतियारसहितको शक्तिको कमजोर सीमानाको वास्तविक नियन्त्रण रेखा (एलएसी) को चिनियाँ पक्षमा छ। उनले भने कि यो झडप त्यस्तो समयमा भएको थियो जब मेमा भारतले एलएसीको चिनियाँ पक्षमा निर्माण गरेको पूर्वाधार ध्वस्त गरिसकेपछि तनाव कम भएको थियो र चिनियाँ र भारतीय अधिकारीहरूबीच भएको सम्झौता पछि कर्मचारीहरू हटाइएकाे थियाे। तर १५ जुनमा भारतीय सेनाले “गल्वान उपत्यकाको परिस्थिति पहिले नै सहज हुँदै गइरहेको बेला जानाजानी उत्तेजनाको लागि एक पटक फेरि वास्तविक नियन्त्रण रेखा पार गर्यो”, झाओले भने। “भारतका अग्रपंक्ति सेनाले वार्ताका लागि आएका चिनियाँ अधिकारी र सैनिकलाई हिंस्रक आक्रमण गरे जसले गर्दा भयंकर शारीरिक झगडा सुरु भयो र हताहत भयो” उनले भने। भारतले अप्रिलदेखि गल्वान भ्यालीमा एलएसीमा “सडक, पुल र अन्य सुविधा” निर्माण गर्दैछ, झाओले भने।

प्रधानमन्त्री मोदीले यसको बारेमा के भने?

शुक्रबार टेलिभिजनमा जारी विज्ञप्तिमा मोदीले भने कि भारतीय भूभागमा कुनै घुसपैठ भएको छैन। “काेहि पनि हाम्रो सिमानामा घुसेको छैन, न त त्यहाँ अहिले कोही छ न त हाम्रो पोस्ट नै कब्जा भएको छ,” उनले भने। ‘भारतीय क्षेत्रको सुरक्षाका लागि भारतका सशस्त्र सेनालाई “सबै आवश्यक कदम चाल्ने स्वतन्त्र हात” दिइएकाे छ। “चीनले उठाएको कदमले सारा देश दुखित छ र आक्रोशित छ,” उनले भने, “भारत शान्ति र मित्रता चाहान्छ, तर सार्वभौमिकताको समर्थन गर्नु नै सबैभन्दा महत्त्वपूर्ण छ।” यस सरकारले यसअघि उक्त झगडाको लागि चीनलाई दोष लगाएको थियो र विदेश मंत्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै भन्यो, “चिनियाँ पक्षले एलएसीको पक्षमा गल्वान उपत्यकामा संरचना निर्माण गर्न खोजे पछि” यो भिडन्त भएको हाे। स्रोतः बीबीसी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार