गाउँगाउँ पुगे संक्रमित, समुदायमा फैलिने त्रास……

भारतका विभिन्न ठाउँबाट आएकालाई गाउँगाउँमा बनाइएका क्वारेन्टाइनमा राखियो। केही दिनपछि आरडिटीरिपोर्ट नेगेटिभ आएकालाई मात्र होइन, पोजेटिभ आएकालाई समेत संकलित नमुनाको पिसिआर रिपोट नआउँदै घर पठाइयो। त्यस्ता नमुनाको रिपोर्टमा संक्रमणको पुष्टिभएपछि सुदूरपश्चिमका कैलाली, बैतडी, डडेल्धुरालगायत विभिन्न जिल्लाका गाउँगाउँपुगेर समुदायमा घुलमिल भएका संक्रमितखोज्न भ्याइनभ्याई भएको छ। ‘५८ जनाको पिसिआर जाँचका लागि नमुना संकलन गरेर पठायौं, दुईसाता रिपोर्ट आएन, चिकित्सकहरूले १४ दिन भइसकेकालाई घर पठाएपनि हुने भनेकाले घर पठायौं,’डडेल्धुरा गण्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले भने,‘घर पठाएको दुई दिन मात्र भएको थियो, तीमध्ये अधिकांशको रिपोर्टमा संक्रमणदेखायो।’ रोपाइँ गर्न जानेलगायत तिनीहरू गाउँमा घुलमिल गरिसकेका थिए।यी ५८ जना र अन्य पिसिआर जाँच गरेकामध्ये गण्यापधुरा गाउँपालिकामा मात्र ५७जनामा संक्रमण देखिएको छ।‘सरकारको निर्देशिकाले १४ दिनपछि घर पठाउँदाहुन्छ, जाँच नगरे पनि हुन्छ भनेकाले हामीलाई समस्या भयो,’ उनले भने, ‘गाउँगाउँमा गएका संक्रमितलाई खोजेर ल्याई आइसोलेसनमा राखिरहेका छौं।’ गाउँगाउँमा उनीहरू घुलमिल भइसकेकाले उनीहरूबाट कतिजनामा संक्रमण स¥यो भन्न सकिने अवस्था छैन। उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर सम्पर्कमा आएकाको आरडिटीगर्ने र पोजेटिभ आए पिसिआर गर्नेकुरा भइरहेको उनले बताए। यो डडेल्धुराको मात्र समस्या नभई सुदूरपश्चिममा पिसिआर जाँचका लागि संकलन भएको नमुनाको रिपोर्ट दुई÷तीन सातासम्म पनि नआएपछि क्वारेन्टाइनबाट घरघर पठाउँदा अहिले संक्रमण पुष्टिभएका सबैतिर यो जटिल समस्या देखिएको छ। कैलालीको घोडाघोडी नगरपालिकामा पनि क्वारेन्टाइनबाटआठ दिनअघि घर फर्केका २० जनामा कोरोनाको संक्रमण पुष्टिभएको छ। सुदूरपश्चिममा एकमात्र प्रयोगशाला रहेको र नमुनाको चाप धेरै भएकालेरिपोर्ट आउन ढिलो भएको हो। कोरोना संक्रमितलाई रिपोर्ट नआउँदै गाउँ पठाउँदा समुदायमा कोरोना संक्रमणको त्रास बढेको छ। रिपोर्ट नआउँदै एक हप्ता घरमा अलग बस्न आग्रह गर्दै पठाए पनि अधिकांश समुदायमा घुलमिल भएकाले कोरोनाले गाउँमा त्रास फैलिएको स्थानीय बताउँछन्। यसले कोरोना समुदायस्तरमा जाने खतारा बढेको हो। बैतडीका विभिन्न क्वारेन्टिनमा राखिएकाको पिसिआर रिपोर्ट नआउँदै घर घर पठाइएको छ। समुदाय नै कोरोनाको उच्च जोखिममा छ। शुक्रबार संक्रमित देखिएका गोगडाकेदार गाउँपालिकाका १२ जना पिसिआर रिपोर्ट नआउँदै घर पठाइएका थिए। एक हप्ताभन्दा बढी समयपछि पिसिआर रिपोर्ट आएपछि संक्रमितलाई खोजेर आइसोलेसनमा राखिएको छ। गत सोमबार संक्रमित भेटिएका शिवनाथका १७ जना पनि रिपोर्ट नआउँदै घर पठाइएका थिए। उनीहरूको पिसिआर रिपोर्ट १० दिनदेखि १५ दिनभित्र आएको थियो। त्यसबीचमा उनीहरू गाउँघरमा निर्धक्क घुम्न थालेपछि जोखिम बढेको स्थानीय बताउँछन्। रिपोर्ट समयमै नआउँदा समस्या हुन थालेको स्थानीय तहले बताएका छन्। सीमित स्रोतसाधनले क्वारेन्टिन व्यवस्थापन गर्न समस्या भएपछि १४ दिन क्वारेन्टिनमा राखेर अधिकांशलाई घर पठाइएको छ। भारतबाट फर्कनेको संख्या बढ्न थालेपछि क्वारेन्टिन व्यवस्थापन गर्न समस्या भएपछि रिपोर्ट नआउँदै १४ दिन पुग्नेबित्तिकै घर पठाउनुपर्ने बाध्यता रहेको स्थानीय तहले बताए। अधिकांश संक्रमितमा लक्षण नदेखिएकाले घरमै राख्ने नीति ल्याइएको छ।स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार लक्षण नदेखिएका बिरामीलाई घरमै राख्ने नीति लिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। समस्या देखिए उपचार गर्न सकिने उनले जानकारी दिए। दिनानुदिन कोरोनाका बिरामी फेला पर्न थालेपछि समुदायमा यसको संक्रमण फैलिने जोखिम ह्वात्तै बढेको छ। अहिलेसम्म आरडिटी पोजेटिभ आएकाको मात्रै स्वाब संकलन गरेर पठाउने गरेकोमा आरडिटी रिपोर्ट नेगेटिभ आएका तर अहिलेका संक्रमितसँगबसेका धेरैजना गाउँ पसेकाले समेत समुदायमा संक्रमणको अवस्था भयावहरूपमा फैलिएको हुनसक्ने पाटन नगरपालिका–६ का स्थानीय हरिश विष्टले बताए। धेरै नागरिक भारतबाट फर्केका छन्। उनीहरू सबैको परीक्षण गर्न सम्भव नभएको तर एकै क्वारेन्टाइनमा बसेकाहरूमा पिसिआर रिपोर्टपोजेटिभ आउँदा अरूमा पनि संक्रमण भएको हुन सक्ने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए। शिवनाथ गाउँपालिकाका केही संक्रमित विकास निर्माणका काममा समेत संलग्न भएकाले कोरोनाको संक्रमण समुदायमा फैलन सक्ने चिन्ता बढेको स्थानीय बताउँछन्। होम आइसोलेसनमा बस्नसुझाव दिइएका संक्रमितहरूसमेत विकास निर्माणका काममा लागेका र यसले समुदायमा कोरोनाको जोखिम बढ्दै गएको शिवनाथ गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण महताले बताए। सरकारले लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमा बस्ने निर्देशिका पारित गरेकाले लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमा बस्न लगाइएको छ। तर होम आइसोलेसनको मर्मविपरीत संक्रमितयताउता जान थालेपछि समुदायमा संक्रमण जोखिम बढ्दै गएको हो। सुदूरपश्चिममा संक्रमण दर ह्वात्तै बढेको छ। शनिबारसम्म नौ सय ३१ जना संक्रमित भएका छन्।लक्षण नदेखिएपनि संक्रमितबाट कोरोना सर्ने सम्भावना भएकाले संक्रमितसमुदायमा घुलमिल हुँदासुदूरपश्चिममा जोखिम धेरै बढेको विज्ञहरूले बताएका छन्।‘लक्षण नदेखिएकाबाट संक्रमण सर्दैन भन्ने हुँदैन, संक्रमित समुदायमा घुलमिल भएफैलिने जोखिम हुन्छ,’सेती प्रादेशिक अस्पताल कोरोना उपचार विभाग प्रमुख शेरबहादुर कमरले भने,‘सुदूरपश्चिम जोखिमको केन्द्रमा परेको छ।’  समान्यतया दुईतीन साताकोरोनाभाइरस शरीरमा प्रवेश गरेपछि लक्षण देखिन्छ अर्थात् शरीरले भाइरसलाई जितेर एन्टिबडी बन्ने भएकाले दुई तिन सातासम्म लक्षण नदेखिएसर्ने सम्भावना कम हुने भनिएको उनी बताउछँन्। भारतमा व्यापक रूपमा फैलिएपछि नेपालीहरू आएको र उनीहरूक्वारेन्टिनमा कोचाकोच भएर बसेको र क्वारेन्टिनबाट घरघर गएर घुलमिल भएकाले कोरोना संक्रमणको जोखिम धेरै भएको उनी बताउँछन्।‘सुदूरपश्चिममा समुदायमा संक्रमण फैलिसकेको अवस्था हो,’उनले भने।

संक्रमित बढेपछि सिल र बन्द

कोरोना संक्रमण भएका व्यक्ति गाउँघरमै रहेको पाइएपछि डडेल्धुरामा संक्रमणको जोखिम बढेको जनाउँदै सदरमुकाम सिल गरिएको छ।अनिश्चितकालका लागि सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ। अर्को सूचना जारी नहुन्जेलसिल नहटाइने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुखडिएसपी दधिराम न्यौपानेले बताए।सरकारी कार्यालय खुला नै रहनेछ भने अत्यावश्यकबाहेक सेवा बन्द हुने डडेल्धुराका सहायक प्रजिअगणेशदत्त ओझाले बताए।यसैगरी कैलालीको अत्तरिया बजार बन्द गरिएको छ। कोरोनाको संक्रमण फैलिएको र एकजनाको मृत्युपछि गोदावरी नगरपालिकाले गरेको अपिलअनुसार अत्तरिया बजार १५ दिनका लागिबन्द गरिएको हो। श्राेत: एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार