ट्रम्प : भारत-चीन द्वन्द्व समाधानका लागि दुवै देशसँग कुरा गरिरहेका छौं……

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीच जारी तनाव समाधानका लागि आफू इच्छुक रहेको बताएका छन्। सीमाका विषयमा दुई देशबीच भएको झडपपछि विकसित परिस्थिति अमेरिकाले नियालिरहेको उल्लेख गर्दै ट्रम्पले यस विषयमा चीन र भारत दुवैसँग आफ्नो कुरा पनि भइरहेको बताएका हुन्। ‘यो एकदम गाह्रो अवस्था हो। अहिले हामी भारतसँग कुरा गरिरहेका छौं। हामी चीनसँग पनि कुरा गरिरहेका छौं। त्यहाँ ठूलो समस्या छ। दुवै आमनेसामने भएका छन्,’ ह्वाइट हाउसबाहिर पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, हामी हेरिरहेका छौं, अब अगाडि के हुन्छ भनेर र समस्या समाधानका लागि हामी उनीहरूलाई मद्दत गर्ने प्रयास गरिरहेका छौं।’ गत सोमबार राति भारत र चीनको सीमा क्षेत्र लद्दाखस्थित गलवान उपत्यकामा चीन र भारतका सेनाबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो। तर चीनतर्फ त्यस्तो क्षति भयो कि भएन भन्नेबारे चीनले अहिलेसम्म कुनै जानकारी दिएको छैन। श्राेत: बिबिसी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार