भारत–चीन तनावः लद्दाखमा मारिएका सैनिकको शरीरमा धारिलो हतियारको घाउ……

गत हप्ता भएको भारत–चीनका सेनाबीच भएको भिडन्त निकै भयानक किसिमले घण्टौं भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार राति सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा भएको हिंसाबारे भारतीय अखबार इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार मारिएका सैनिकको शरीरमा धारिलो हतियारको चोट छन् । स्रोतलाई उधृत गर्दै उक्त अखबारले लेखेको छ– मारिएका सैनिकको शरीर ठाउँ ठाउँमा भाँचिएका छन् । भिडन्तमा भारतीय सैनिकले चिनियाँ सैनिकलाई पनि गतिलै जवाफ दिएको देखिएको छ । उक्त अखबारका अनुसार दुई देशका सेनाबीच घण्टौं लडाइँ भएको थियो। त्यस क्रममा धेरै सैनिक नदीमा खसे र मरे । अखबारले लेहको सोनम नुरबु मेमोरियल अस्पतालका एक चिकित्सकलाई उधृत गर्दै लेखेको छ– सैनिकको शव हेर्दा प्रस्ट भयो कि त्यो झडप कति ठूलो र हिंस्रक थियो । भारतीय सैनिकले चीनतर्फका पनि धेरै सैनिकलाई मारेको हुनुपर्छ । ती डाक्टर भारतीय सैनिकको उपचार गर्ने टोलीका एक सदस्य हुन्, जसले सैनिकको शव देखेको इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ। त्यस भिडन्तमा भारतका २० सैनिक मारेको भारतीय सरकारले पुष्टि गरिसकेको छ तर अहिलेसम्म चीनले आफ्नातर्फ के कति क्षति भयो भनेर कुनै जानकारी दिएको छैन । श्राेत: बिबिसी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार