अर्थव्यवस्थामा सोचेभन्दा थुप्रै गुणा बढी असर पुगेको अन्तर्राष्ट्रिय मुद्रा कोषको ठहर……

कोरोनाका कारण संसारभरीको अर्थव्यवस्थामा पर्न सक्ने जुन सुरुवाती अनुमान लगाइएको थियो, अब स्थिती त्योभन्दा थुप्रै गुणा खराब भइरहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले जानकारी दिएको छ । आइएमएफका अनुसार संसारभरीको आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतको कमी आउनेछ । अप्रिलमा अर्थव्यवस्थामा पाँच प्रतिशतको कमी हुनसक्ने बताइएको थियो । तर लकडाउनको असर जसरी क्रमशः परिरहेको छ, संसाररभरीको अर्थव्यवस्था त्यसको शिकार भइरहेको छ । आर्थिक संवाददाता एन्ड्रयू वाकरका अनुसार मानिसहरु आफ्नो खर्चमा वृद्धि भएपछि परिवारबाट मद्दत लिने गर्छन् वा बचत गर्नतिर लाग्छन् । जसका कारण मानिसहरुहरुको खर्चमा कमी आउँछ । तर, कोरोनाका कारण भएको लकडाउन र सामाजिक दुरीका कारण मानिसहरु आफूलाई यो भाइरसबाट जोगाउनका लागि बाहिर निस्किरहेका छैनन् । यसकारण मानिसहरुको मागमा निकै कमी आएको छ । यसको प्रत्यक्ष असर अर्थव्यवस्थामा परिरहेको छ । स्रोतः बीबीसी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार