नेपालमा थपिए ४६३ कोरोना संक्रमित, कूल संख्या १२,७७२……

नेपालमा ४ सय ६३ कोरोना संक्रमित थपिएका छन् । आइतबार नियमित पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप मानिसमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै देशमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ७ सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये १ सय ५ महिला र ३ सय ५८ पुरुष छन्। यस्तै साे अवधिमा थप १ सय ७९ जना काेराेनामुक्त भएर अस्पतालबाट घर फर्किएका छन। याेसँगै निकाे हुनेकाे संख्या ३ हजार १३ पुगेको मन्त्रालयले जनाएको छ। श्राेत: एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार