पाकिस्तानमा बिहानै बन्दुकधारीको हमला, १० जनाको मृत्यु……

पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँचीस्थित पाकिस्तान स्टक एक्सचेन्ज भवनमा बन्दुकधारीले आक्रमण गरेका छन् । घटनामा आक्रमणकारीसमेत १० जनाको मृत्यु भएको छ । घटना सोमबार बिहान ७ बजेतिर भएको हो । कराँचीका प्रहरी प्रमुख गुलाम नबी मेमोनका अनुसार आक्रमणकारीले भवनकाे बाहिर कार ल्याएर राखे र त्यसपछि ग्रिनेड तथा गोली प्रहार गरे । प्रहरीको कारबाहीमा ती चारै आक्रणकारी मारिएकाे उनले बताए । यस्तै आक्रमणकारीको गोली लागेर ४ सुरक्षागार्ड, एक प्रहरी र एक व्यक्तिको मृत्यु भएको एएफपीले जनाएकाे छ । कराँची अपराध र राजनीतिक तथा जातीय हिंसाबाट प्रताडित छ । राजनीतिक संरक्षणप्राप्त बन्धुकधारीले बेलाबखत विपक्षी नेता तथा आवासीय क्षेत्रमा आक्रमण गर्ने गरेको इतिहास छ । तर, कराँचीको सुरक्षा व्यवस्था पछिल्ला वर्षमा निकै सुधार भएको छ ।  श्राेत: एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार