ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने झम्सीखेल बैठकको निर्णय……

पार्टी कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सम्मिलित बैठकले ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने निर्णय गरेको हो ।बैठकमा सहभागी ६ जनै सचिवालय सदस्यहरुले ओलीको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष समेत बैठकले निकालेको छ । बैठकमा प्रचण्ड र माधव नेपाल पक्षधर स्थायी समिति सदस्यहरुको समेत सहभागिता रहेको थियो । बैठकमा सहभागी नेपाल निकट एक स्थायी समिति सदस्यले ओलीविरुद्ध मोर्चाबन्दी कसिलो बनाउँदै अघि बढ्ने र उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालिएको रातोपाटीलाई बताए । करिब ३ घण्टा लामो ललिपुरको झम्सीखेलमा चलेको ओलीविरोधी नेताहरुको बैठकमा अबको साझा रणनीति समेत बनाइएकाे ती नेताले बताए । केही दिनदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालनको शैलीप्रति विरोध जनाउँदै प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहितका नेताले दुबै पद छोड्न दबाब दिँदै आएका छन् । विशेषतः आइतबार ओलीले आफ्नो सरकार ढाल्न दिल्ली र पार्टीभित्रकै केही नेता लागिपरेको अभिव्यक्ति दिएपछि नेकपाभित्र केही महिनायता मत्थर भएको विवाद फेरि ब्यूतिएको हो। विवाद चर्किँदै जाँदा मंगलबार र बुधबार बोल्ने अधिकांश स्थायी समिति सदस्यहरुले ओलीको आलोचना गर्दै उनले राजीनामा दिनुपर्ने माग गरेका थिए । आन्तरिक राजनीति पेचिलो बन्दै गएको बेला आज भएको ओलीविरोधी खेमाको बैठकमा गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा समेतको सहभागीतालाई अर्थपूर्ण रुपमा हेरिएको छ । पूर्वमाओवादी पृष्ठभूमिका भएपनि पछिल्लो समय ओली निकट देखिएका उनी आजको बैठकमा भने सहभागी भएका हुन् । श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार