कोरोनाबाट ४९ दिने शिशुको मृत्यु……

कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको हो। मन्त्रालयका अनुसार घाँटीमा समस्या देखिएपछि अस्पताल असार ९ गते भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । म्याग्दीका ती शिशुको कोरोनाकै कारण मृत्यु भएपछि उनकाे सम्पर्कमा रहेका आफन्तकाे स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ । यस्तै शिशुको बिहीबार पशुपति आर्यघाटमा शव व्यवस्थापन भइसकेको छ । श्राेत: रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार