थप २३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि……

नेपालमा थप २३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा २३२ थप जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा १ सय १४, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा मा ७ जना, कोशी अस्पताल विराटनगर प्रयोगशालामा भएको परीक्षणमा ७, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल विराटनगरमा भएको परीक्षणमा ४ र गजेन्द्र नारायणसिंह अस्पताल राजविराज प्रयोगशालामा भएको परीक्षणमा ५१ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल जनकपुरमा भएको परीक्षणमा १५ जना, भरतपुर अस्पताल प्रयोगाशाला चितवनमा भएको परीक्षणमा १३ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा ८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल रुपन्देहीमा भएको परीक्षणमा ५ जना, भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा ७ जना र दैलेखमा प्रयोगशालामा भएको परीक्षणमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार ४९१ पुगेको गौतमले जानकारी दिए । उनका अनुसार पीसीआर विधिबाट शनिबार ४ हजार ५० जनाको कोरोना परीक्षण भएको छ । सार्कराष्ट्रमध्ये मध्ये कोरोना परीक्षण दर प्रति १० लाखमा भारत श्रीलंका पाकिस्तान भन्दा नेपाल अगाडी रहेको गौतमले बताए । अहिले देशभरीका विभिन्न क्वारेन्टिनमा ३३ हजार १ सय २५ जना रहेका छन् । विभिन्न अस्पतालका आइसोलेसनहरुमा ९ हजार ४२ जनाको उपचार भइरहेको छ । यसैगरी बितेको २४ घण्टामा नेपालमा थप २७२ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको जम्मा संख्या ६ हजार ४१५ जना संक्रमण पुगेको छ । यसैबीच कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । रुपन्देही र गोरखाका १–२ जनागरी २ जनाको मृत्यु् भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ३४ पुगेको छ । स्रोतः रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार